काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले शिष्टाचार भेट गरेका छन् । राजदूत छेन सङले बुधबार शितलनिवासमा गएर भेटघाट गरेका हुन् ।
भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ । पौडेल गत २५ फागुनमा राष्ट्रपति भएपछि राजदूत सङले पहिलोपटक भेट गरेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-