दूरबिन संवाददाता ।
मार्च २३ , सानफ्रानसिस्को ।
क्यालिफोर्नियामा सोमबार एकै दिनमा कोरोना भाइरसका कारण थप ८ जनाले ज्यान गुमाएका छन् भने संक्रमित संख्या ६ सय बढ्यो । कोरोना भाइरसको संक्रमणका कारण क्यालिफोर्नियामा सोमवार साँझसम्म ज्यान गुमाउनेको कुल संख्या ४३ पुगेको छ । संक्रमित हुनेको संख्या २२ सय पुगेको छ । ५ सय भन्दा बढि संक्रमितअस्पतालको बेडमा जीवन मरणको दोधारमा छन् । करिव ४ करोड जनसंख्या भएको क्यालिफोर्नियाका ५८ काउन्टीमा अहिलेसम्म गरिएको परिक्षण मध्ये आधाको मात्र नतिजा सार्वजनिक भएको हो । क्यालिफोर्नियाको ४० वटा काउन्टीमा कोरोनाको संक्रमण फैलिसकेको छ । यसै मध्येका १४ वटा काउन्टीमा ४३ जनाले ज्यान गुमाएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-