Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 अमेरिकामा २४ घण्टामा १६० ले ज्यान गुमाए, कुल ५८३ को मृत्यु 

चैत्र ११, २०७६ ६:४४ मा प्रकाशित
 अमेरिकामा २४ घण्टामा १६० ले ज्यान गुमाए, कुल ५८३ को मृत्यु 
Share on FacebookShare on Twitter

 
अमेरिका । २३ मार्च २०२० –
अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १ सय ६० जनाको ज्यान लिएको छ । यो समाचार तयार पार्दासम्म भाइरसका कारण ५ सय ८४ अमेरिकनले ज्यान गुमाइसकेका छन् । यो रोग अमेरिकाका सबै राज्यमा तिव्र गतिमा फैलिरहेको भए पनि न्यूयोर्क अत्याधिक सङ्क्रमित राज्य बन्न पुगेको छ ।
बितेको २४ घण्टामा न्युयोर्कमा थप ६८ जनाले  कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । न्यूयोर्क राज्यमा मात्र ज्यान गुमाउनेको संख्या १ सय ८४ पुगेको छ । संक्रमित संख्या पनि २४ घण्टामा ६ हजार थपिएको छ । न्यूयोर्कमा कुल संक्रमित संख्या २३ हजार ४ सय पुगेको छ । 


करिव ७० हजार नेपालीहरु बसोबास गर्ने न्यूयोर्कमा ४ जना नेपालीहरू समेत कोरोना संक्रमित भएका छन् । जसमा तीन जना उबर- लिफ्ट चालक रहेका छन् । बाकी १ जनाको बिबरण खुलेको छैन । उनीहरूको उपचार जारी छ । संक्रमणबाट अहिलेसम्म जोगिरहेका अधिकांश नेपालीहरू त्रसित अवस्थामा रहेका छन् । घरभित्रै बस्नु पर्ने वाध्यताका कारण सङ्कटमा परेका नेपालीहरूलाई सहयोग गर्न केही नेपाली संघ संस्था र ब्यक्तिहरू लागि परेका छन् । नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्त सुवेदीले आफ्नो फेसबुकमा त्यस क्षेत्रमा रहेका नेपालीलाई सहयोग गर्न जनसम्पर्क समितिका पूर्व संयोजक विष्णु सुवेदीको पहलमा कन्फरेन्स कल भएको जनाएका छन् । उनले दाल, चाम र नुन उपलब्ध गराउने तयारी गरेको उल्लेख गरेका छन् । 


त्यस्तै बाल्टिमोर राज्यका सभासद ह्यारी भण्डारीको पहलमा भएको कन्फरेन्स कल बैठकले अमेरिका र खासगरी बाल्टिमोर क्षेत्रमा अहिलेको प्रतिकुल अवस्थामा समस्यामा रहेका नेपालीहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल गरेको छ । बैठकमा त्यस क्षेत्रका ४० जना सहभागि भएको विज्ञप्तिमा उल्लेख छ । 

त्यसै गरी पत्रकारहरुको संस्था इन्जाले पनि सचेतना फैलाउन र आवश्यक सहयोग जुटाउने विषयमा कन्फरेन्स कल बैठक गरेका जनाएको छ ।
कोरोना भाइरस संक्रमणका बारेमा हिजो न्यूयोर्क टाइम्सले सार्वजनिक तथ्याङ्कहरूलाई तुलना गर्दै न्यूयोर्कमा विश्व कै ५ प्रतिशत भन्दा बढि कोरोना संक्रमित रहेको समाचार प्रकाशित गरेका थियो । समाचार प्रकाशित भएको २४ घण्टामा संक्रमण दर झनै तिब्र भएको छ ।
न्युयोर्कको छिमेकी राज्य न्युजर्सी  समेत कोरोना भाइरसले मृत्यु र  संक्रमित हुनेहरुको संख्या वृद्धि भएको छ । न्यु जर्सीका २१ वटा काउन्टीमा फैलिएको कोरोना भाइरसले २७  जनाको ज्यान लिइसकेको छ भने करिव २९ सय संक्रमित भएका छन् । 


अमेरिकामा सबै भन्दा पहिला धेरै जनामा फैलिएको वासिङ्टन स्टेटमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११० पुगेको छ । न्युयोर्कमा कोरोना संक्रमण भयाभह रुपमा बढे पछि अहिले वासिंटन दोस्रो बढि प्रभावित राज्य बन्न पुगेको छ  । तेस्रो बढि संक्रमित राज्यको रुपमा रहेको क्यालिफोर्नियामा ४३ जनाले ज्यान गुमाउनुका साथै २२ सयमा संक्रमण पुष्टि भएको छ । लुजियाना चौथो बढि प्रभावित राज्य बन्न पुगेका छ । ३५ जनाको मृत्यु भएको छ भने १२ सय भन्दा बढिमा संक्रमण पुष्टि भएको छ । जर्जियामा २६ जनाको मृत्य भइसकेको छ भने ८ सय भन्दा बढि संक्रमित देखिएका छन् ।  फ्लोरिडामा १८ जनाको ज्यान जानुको साथै १२ सय भन्दा बढिमा संक्रमण रहेको छ । मिचिगन राज्यमा १३ सय भन्दा बढिमा संक्रमण देखिएको छ भने १५ जनाले ज्यान गुमाइसकेका छन् । 


जनसंख्याको हिसाबले दोस्रो ठुलो राज्य टेक्सासमा ९ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ  साथै ८ सय भन्दा बढि संक्रमित भएका छन् । इलिनोइस १२ , कनेक्टिकट १०, कोलोराडो ७, , इन्डियाना ७ , पेन्सलभेनिया ६, मिजौरी ५ , विस्कन्सिनमा ५, ओरेगनमा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । 


केन्टकी राज्यका सिनेटर पाउल सहित ५ जना सिनेटर, अरु ३ राज्यका हाउस अफ रेप्रिजेन्टेटिभ, एक जना मेयर, थुप्रै प्रहरी अधिकृत, र केही संख्यामा हलिउडका कलाकार र खेलाडी समेत करिब हजार मानिस अमेरिकामा कोरोनाबाट संक्रमित भएका छन् । अरु सयौँ मानि
सहरुमा परिक्षण र अनुसन्धान जारी छ । कोरोना भाइरस संक्रमित संख्याको हिसाबले अमेरिका विश्वको तोस्रो मुलुक बन्न पुगेको छ । 

 

 

तस्बिर: सीबीएस न्युयोर्क

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result