काठमाडौं । नेकपा एमालेले सरकारलाई जनतामा आशा र भरोसा जगाउने काममा लाग्न सुझाव दिएको छ ।
आज बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समीकरण बनेपछि जनतामा आशाको सञ्चार गराएको निष्कर्ष निकाल्दै जनसरोकारको विषयमा अझ बढी केन्द्रित भएर अघि बढ्न सरकारलाई सुझाव दिएको हो।
सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउँदै, समाजमा रहेको निराशालाई चिर्दै अवरुद्ध विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गति दिने र देशको राष्ट्रिय हितको रक्षा र सम्वद्र्धनमा केन्द्रित भएर लाग्ने संकल्प पनि पार्टीले गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-