काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकार सहकारीमा देखा परेका समस्या समाधानका लागि लागिपरेको बताएका छन् । उनले आइतबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।’ देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो । उनले सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गरे ।
गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-