काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले होली पर्वले पारस्परिक एकता कायम गरेको बताएका छन् ।
फागु पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले अन्यायमाथि न्यायको सन्देश दिने फागुलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सदभावका साथ मनाउँदै आएको बताएका हुन्।
‘फागु पर्वमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको छ, यही विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छ, फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो,’ सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-