Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

१५ नेपाली अमेरिकामा कोरोना सङ्क्रमित १ को मृत्यु, ३ जना अस्पतालमा 

चैत्र १३, २०७६ ६:३३ मा प्रकाशित
१५ नेपाली अमेरिकामा कोरोना सङ्क्रमित १ को मृत्यु, ३ जना अस्पतालमा 
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता ।


अमेरिका,  २५ मार्च २०२०     ।       कोरोना भाइरसको सङ्क्रमणका कारण अमेरिकामा एक जना नेपालीको गत सोमबार राती मृत्यु भयो भने १५ जना भन्दा बढि नेपाली अहिले रोगबाट छुटकारा पाउन सङ्घर्षरत छन् । अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित नेपाली मध्ये ३ जनाको अवस्था निक्कै गम्भिर छ । दुई जना न्यूयोर्क र एक जना टेक्सासको अस्पतालमा रहेका छन् । न्यूयोर्कमा कोरोना भाइरसको सङ्क्रमणका कारण बिरामीहरूको भिड बढेका कारण अस्पतालमा भर्ना हुन सहज छैन । कोरोना भाइरस पोजेटिभ देखिए पनि अस्पतालमा भर्ना हुन  नपाएका कतिपय नेपालीहरू घरमै बसेर औषधि उपचार गरिरहेका छन् ।  


न्यूयोर्कमा अस्पताल भर्ना भएर उपचार गराइरहेका दुई मध्ये  एक जना नेवारी समुदायका व्यक्ति हुन् । अर्का नेपालीको बारेमा विस्तृत जानकारी प्राप्त हुन सकेको छैन । उनको पुर्खौली घर बागलुङ भएको बताइएको छ । यद्यपी उनी बागलुङ निवासी हुन वा होइनन् भन्ने आधिकारिक पुष्टि हुन सकेको छैन ।  त्यस्तै टेक्सासमा एक नेपाली दुई हप्ता देखि अस्पतालमा उपचार गराइरहेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणले स्वास्थ्यमा गम्भिर समस्या आएपछि अस्पताल भर्ना हुन पुगेका उनीहरू केही दिन अगाडिसम्म भने न्युयोर्क र टेक्सासको नेपाली समुदायको जमघट र सामूहिक भेटघाटमा सहभागि भएका थिए । त्यस समय उनीहरूसँग सम्पर्कमा रहेका कतिपय नेपालीहरू त्रसित भएर आफ्नो स्वास्थ्य परिक्षण गरिरहेका छन् । 


टेक्सासमा अस्पताल भर्ना हुनु केही दिन अगाडि नेपाली समुदायले टेक्सासमा आयोजना गरेको सार्वजनिक कार्यक्रममा सहभागि व्यक्ति कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको थाहा पाए पछि  कार्यक्रममा उनीसँग सम्पर्कमा रहेका थुप्रै नेपालीहरू शसंकित भएका छन् । अमेरिकाको तीनवटा राज्यमा नेपालीहरू कोरोना भाइरसबाट सङ्क्रमित भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।


यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण अमेरिकामा १ हजार ४१ जनाको मृत्यु भइसकेको छ भने ६९ हजार सङ्क्रमित भएका छन् ।    


(अमेरिकामा ब्यक्तिको पहिचान र रोग सम्बन्धित व्यक्ति र परिवारले बाहेक सार्वजनिक गर्न नमिल्ने हुँदा अमेरिकामा कोरोना सङ्क्रमित नेपालीहरूको नाम ठेगाना र पहिचान खुलाइएको छैन । –सम्पादक)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result