अमेरिका । नोभल कोरोना भाइरस (कोभिड–१९) को खोप निर्माणको निम्ति विभिन्न ३२ कम्पनिले अनुसन्धान तीव्र बनाएका छन् । ती मध्ये चार कम्पनीले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएका छन् ।
वोस्टनमा अवस्थित फार्म मोर्डेनाले जनावारमा सफल परीक्षण भएमा मानिसमा समेत यथशिघ्र परीक्षण गरिने जनाएको छ । मोर्डेनाले यसअघि ‘मर्स’ भाइरसको खोप अविस्कार गरेको थियो । उक्त भाइरसले विकराल रुप नलिएपनि महामारिको आकलन भने गरिएको थियो ।
मोर्डेनाले सन् २००२ मा चीनवाट नै सुरु भएको अर्को महमारी सार्स भाइरसको खोप सिओभी–२ लाई नै पुन : परिमार्जितरुपमा सिधै मानिसमा परीक्षण गर्ने जनाएको छ । सिओभी–२ ले विशेषत भाइरसलाई फोक्सोमा प्रवेश गर्नवाट जोगाउछ भने भाइरसलाई कोषहरुसम्म पुग्नवाट रोक्ने काम गर्दछ । त्यस्तै अर्को कम्पनी नोभेक्सले पनि सिओभि–२ लाई थप संयोजन गरि नयाॅ रणनीतिको साथ कोभिड–१९ को खोप निर्माण गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रीय गरेको जनाएको छ ।
अन्य दुई वोष्टन कम्पनी र क्यूभेकले कोरोना विरुद्धको खोपलाई तीव्ररुपमा निर्माण गर्न अनुसन्धान गरिरहेको छ । यस्तै वेलायती कम्पनी सेपीले अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी नोभ्याक्ससॅग मिलेर ४ दशमलव ४ मिलियन डलरको खोप निर्माण परियोजना अघि वढाएको छ ।
सेपिले खोपको सफल निर्माण पश्चात त्यसको माग विश्वभर नै अत्याधिक भएकोले त्यसको निम्ति २ विलियन डलर लगानी गरि खोप उत्पादनलाई दुर्त गतिमा अघि बढाउने जनाएको छ । तर अनुसन्धानकर्मीहरुले भाइसरले महमारीको रुप लिइसकेपनि हतारमा खोपको विकास गर्न नहुने सुझाएका छन । उनीहरुले खोप निर्माण गर्दा हतार भन्दा पनि दिगो हुनुपर्ने भएकाले यसले केही समय लिनसक्ने वताएका छन ।
यस अघि बासिङटन राज्यमा कोरोना विरुद्धको एउटा खोप मानिसमा परिक्षण भएको छ । यसबाट अनुसन्धानकर्ता र विश्व समुदायले राहतको सास छिटै फेर्न पाउने आस गरेका छन् । मानिसमा परिक्षण गरिएको खोपको प्रारम्भिक नतिजा अपेक्षाकृत रुपमा सफल देखिँदै गएपछि कोरोनाबाट आहत समुदायले छिटै यसलाई सबैको पहुँचमा पुर्याउनु पर्ने तयारीमा लाग्न पनि फर्मास्युटिकल कम्पनीहरूसँग आग्रह गरिरहेका छन् ।
चीनले गत जनवरिमा नै यस भाइरसवाट मृत्यू हनेको संख्या वढ्दै गएपछि भाइरसले मानिसको शरिरमा गर्ने आक्रमणका लक्षणहरूबारे अनुसन्धान गर्न विश्वका अनुसन्धानकर्मीहरुलाई अवगत गराएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्:-