काठमाडौं । नेपाी कांग्रेसले सरकारी प्रकरणको छानबिनलाई निष्पक्ष बनाउन रवि लामिछानेले गृहमन्त्रीबाट राजनीनामा दिनुपर्ने माग गरेको छ । आज बसेको संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले यस्तो माग गरेका हुन् ।
सहकारी पीडितका गुनासो व्यापक रूपमा आइरहेको बडूले बताए । उनले अदालतमा पनि मुद्दा पुगिसकेको भन्दै फरार रहेकाहरूबारे प्रश्न गरेका थिए । ‘सहकारी पीडितहरूको गुनासो पनि व्यापक रूपमा लामो समयदेखि आइरहेको छ । अदालतसमा पनि मुद्दा पुगिसकेको छ । प्रहरीले के अनुसन्धान गरिरहेको छ ? यो मुद्दामा फरार भएका कसरी हुन् रु सल्लाहले हुन् कि ?,’उनले भने, ‘यसलाई स्पष्ट गर्न सकिने, गर्न मिल्नेजति गर्नुस् । यस विषयमा हाम्रो पार्टीले संसद्मा विषय उठाइरहेको छ । धेरैजसो सहकारीहरूको जनताले निक्षेपकर्ताहरूले राखेको पुँजी कसरी अपचलन भयो ?’
प्रतिक्रिया लेख्नुहोस्:-