काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी अनुसार नै शान्ति प्रक्रियालाई टुङ्गो लगाउने बताएका छन्। उनले आज द्वन्द्वपीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग भएको भेटघाटका क्रममा यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारले चाहँदाचाहँदै पनि संक्रमणकालिन न्याय टुंगोमा लगाउन नसकिएको बताए। ‘सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालिन न्याय टुङ्ग्याउन सकिएको छैन,‘प्रधानमन्त्री प्रचण्डले भने,शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्,त्यसले गर्दा कतिपय समस्या भएको छ ।’
उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी दिए।
प्रतिक्रिया लेख्नुहोस्:-