दूरबिन नेपाल ।
न्युयोर्क कोरोना भाइरसबाट न्युयोर्कको अति प्रभावित स्थान क्वीन्समा धेरै नेपालीहरु बसोबास गर्छन । यतिबेला कोभिड १९ बाट कति नेपाली प्रभावित छन भन्ने यकिन तथ्यांक नभएपनि धेरै नेपाली संक्रमित भएको अनुमान लगाइएको छ । न्युयोर्कमा नेपाली आदिवासी जनजातीहरुका धेरै संघसंस्थाहरु सक्रिय छन । त्यसको नेतृत्व गर्दछ नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाले । फिप्नाले विभिन्न संघसंस्थाहरु सहित न्युयोर्क स्थित कार्यवाहक महावाणिज्यदुत पुष्पराज भट्टराईसॅगपनि महत्वपुर्ण बैठक सम्पन्न गरेको जनाएको छ । यसै विषयमा फिप्नाका अध्यक्ष लोक चेम्जोङसॅग हामीले कुराकानी गरेका छौं ।
कोरोनाको यो महामारीमा नेपाली समुदायकोलागि फिप्ना कसरी सक्रिय भइरहेको छ ?
न्युयोर्कको क्वीन्स क्षेत्रमा धेरै नेपाली दाजुभाइ दिदिबहिनीहरुको बसोबास छ । यसकारण महाविपत्तीको यो बेला उहाॅहरुपनि धेरै नै संक्रमण भइरहेको बुझ्न आएकोले तत्कालै केही कदम चाल्नकोलागि हामीले फिप्ना अन्तर्गतका १८ वटै संस्थाका प्रतिनिधिहरुको बैठक बस्यौ । बैठकले अब संक्रमितहरुको लागत संकलन गर्ने उनीहरुलाई अत्यावस्यक सामानहरु ढोकासम्म पुर्याउन सक्ने स्वयंसेवकहरु खटाइहेका छौं अब त्यसमा शारिरीक अवस्था तन्दुरुस्त भएकाहरुलाइ अझ प्रोत्साहन गर्नेगरी टोलीको संख्या बढाउने निर्णय गरिएको छ ।
अत्यावस्यक सामानहरु बिरामी तथा उनीहरुका आफन्तहरुसम्म कसरी पुर्याउने भन्ने पनि समस्या हुन सक्छ नी ?
त्यसैले शारिरीक अवस्था स्वस्थ भएका युवाहरुलाई उनीहरु जोखिममा नपर्नेगरी परिचालन गर्ने निर्णय गरिएको हो । विशेषगरी आफ्नै गाडी हुने साथीहरुले ग्रोसरी सम्म जाने त्यहाॅबाट पनि सुरक्षित तरिकाले सामान उठाउने र पीडितको घरको ढोकाम्म पुर्याउने गरिएको छ । अब त्यसलाई अझै व्यापक बनाउने हो । अर्कोतर्फ अनलाइन मार्फतपनि सामान पुर्याउने कार्य भइरहेकोले त्यसलाईपनि बढाउने भन्ने छलफल भएको हो ।
विशेषगरी न्युयोर्कमा रहेका नेपाली विद्यार्थीहरु जो आर्थिक अभावमा हुन सक्छन, अनि नेपालबाट पर्यटक भिषामा घुम्न आएका नेपालीहरुपनि कोरोनाको प्रताडनामा हुनसक्छन । उनीहरुको भिषाको समस्या हुन सक्छ सो समस्याको समाधानको लागि नेपाल सरकारबाट कुटनीतिक पहल गर्नेबारे छलफल भयो ।
नेपाली महावाणिज्य दुतसॅग पनि छलफल गर्नु भयो । के कुराकानी भयो ?
न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावासका कार्यवाहक महावाणिज्यदुत पुष्पराज भट्टराईसॅगपनि बैठक भयो । हामीले उहाॅलाई आमन्त्रण गरेका थियौं । विशेषगरी न्युयोर्कमा रहेका नेपाली विद्यार्थीहरु जो आर्थिक अभावमा हुन सक्छन, अनि नेपालबाट पर्यटक भिषामा घुम्न आएका नेपालीहरुपनि कोरोनाको प्रताडनामा हुनसक्छन । उनीहरुको भिषाको समस्या हुन सक्छ सो समस्याको समाधानको लागि नेपाल सरकारबाट कुटनीतिक पहल गर्नेबारे छलफल भयो । साथै कोरोना प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्ने काममा अमेरिकी सरकारसॅग समन्वय गर्ने विषयमा समेत छलफल भयो । अर्को तर्फ न्युयोर्कको यो अवस्थामा धेरै नेपालीहरुपनि पीडित भएकोले कन्सुलेट कार्यलयले कुटनीतिक रुपमा सहयोग जुटाउने कार्य गर्न सक्छ भन्ने विषयमा पनि अनुरोध गरियो । यस विषयमा उहाँपनि निकै गम्भीर हुनुहुन्छ ।
एलम्हस्र्ट अस्पतालको लापरवाही र अवस्थाका कारणपनि धेरै नेपालीहरु पीडित बनेको विषयमा पनि केही छलफल भयो ?
हो यदि एल्महस्र्ट अस्पतालले बेलैमा ध्यान नदिने तथा उपचार बेलैमा नगरेका गुनासाहरु धेरै आएका छन । धेरै नेपालीपनि पीडित भएका छन । यसबारेमा पनि कुटनीतिक रुपबाट पहल गर्न अनुरोध गरिएको छ ।
अन्य संघ-संस्थाहरु सॅगको सहकार्य कसरी भइरहेको छ त ?
फिप्ना,एनआएएनए, तथा नेपाली जनसम्पर्क समितिमात्र होइन समाजमा सक्रिय सबै संघ-संस्थाहरु सॅग सहकार्य गर्नुपर्छ । यो संस्था र त्यो संस्थाभन्दा पनि अब नेपालीको ज्यान जोगाउनको लागि सक्रिय भएर लाग्नुको विकल्प छैन ।







प्रतिक्रिया लेख्नुहोस्:-