Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा ३० नेपाली अस्पतालमा ३ सय  बढि  कोरोनाबाट सङ्क्रमित भएको अनुमान 

चैत्र १५, २०७६ ९:४७ मा प्रकाशित
अमेरिकामा ३० नेपाली अस्पतालमा ३ सय  बढि  कोरोनाबाट सङ्क्रमित भएको अनुमान 
Share on FacebookShare on Twitter


तोया दाहाल


अमेरिका मार्च २८ ।  कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा हजारौं मानिसहरू आक्रान्त भएका छन् । न्युयोर्कमा अस्पतालका बेडहरू भरिएका छन् । सङ्क्रमणको चपेटामा अमेरिकाका रहेका नेपालीहरू पनि परेको केही अनुमानित तथ्याङ्क नेपाली संघ संस्थाका प्रतिनिधिहरूले दुरबिन नेपाललाई दिएकाछन्  । बढि संक्रमित भएको  
न्युयोर्क राज्यमा  रहेका केही नेपालीहरूले आफूहरू कोरोनाबाट संक्रमित भएको सामाजिक सञ्जालमा राखेका छन् ।  यसले नेपालीहरू ठुलो सङ्ख्यामा संक्रमित भएको अनुमानलाई पुष्टि गर्न मद्दत गर्छ । 


सुदूरपश्चिम समाज अमेरिकाका महासचिव जीवन बम कोरोना सङ्क्रमित भएको जनसम्पर्क समित अमेरिकाका अध्यक्ष  आनन्द विष्टले आफ्नो फेसबुकबाट सार्वजनिक गरिदिएका छन् । दूरबिन नेपालसँग कुरा गर्दै बिष्टले भने “न्युयोर्क र वरपरका राज्यमा संक्रमित भएर हाम्रो सम्पर्कमा सहयोगका लागि आएका र अरु माध्यमबाट थाहा पाएको आधारमा ३ सय भन्दा बढि नेपाली संक्रमित भएको हाम्रो अनुमान छ । सरुवा रोग भएका कारण संक्रमितले आफ्नो अवस्था बताउँदा अरुलाई  संक्रमित हुनबाट जोगिन मद्दत पुग्छ ।” 


अध्यक्ष बिष्टले अपेक्षा गरे जस्तै न्युयोर्कमा कोरोना संक्रमित भएर अस्पतालमा उपचार गराइरहेका  अर्का नेपाली शम्भु मोक्तानले आफू सङ्क्रमित भएको खुलाउदै अरुलाई पनि रोग नलुकाउन अपिल गरेका छन् । रोग ब्यक्तिको अति संवेदनशिल र गोप्य विषय भए पनि संक्रामक रोगहरूमा  यस्ता सन्देसले समुदायलाई थप संक्रमित हुनबाट जोगाउने छ ।  


नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीले दुरबिन नेपालसँग कुरा गर्दै भने “कोरोनाबाट संक्रमित हुने नेपालीहरू न्युयोर्कमा ठुलो संख्यामा हुनुहुन्छ । ब्रुकलिन केन्स काउन्टी अस्पतालमा ११ जना , उडहलमा ७ जना एलमष्टमा १२ जना नेपालीहरू उपचार गराइरहनु भएको छ ।  धेरै जना नेपालीले अस्पतालको बेड नपाएर घरमा नै बसेर औषधि उपचार गरिरहनु भएको छ ।”    सुबेदीले संकटमा परेका नेपालीलाई कसरी सहयोग  गर्ने भनेर संघ संस्थाहरू बीच संवाद र सहकार्यको प्रयास गरिरहेको बताए ।  


न्युयोर्कमा नै बसोबास गर्दै आएका एआरएनए अमेरिकाका पूर्व कार्यसमिति सदस्य सन्जय थापाको भनाइ पनि  बिष्ट र सुबेदीसँग मिल्दोजुल्दो छ । थापा भन्छन्  “शुरुमा कसैले पनि भन्न चाहदैन , अप्ठ्यारोमा परेपछि मात्रै सहयोग खोज्ने हो । अहिले त्यही भएको छ । कम्तिमा दुई सय नेपाली न्यूयोर्कमा संक्रमित भएको अनुमान गर्न सकिन्छ । यस्तो महामारीमा आफू जोगिदै सहयोग गर्नु पर्ने हुन्छ । हामी विभिन्न तरिकाले सहयोग पुर्याउन प्रयास गर्ने छौँ ।” 


सबैभन्दा बढि नेपालीहरू आवद्ध भएको एनआरएनए अमेरिका संक्रमित परिवारलाई सहयोग जुटाउन लागि परेको छ । संक्रमित परिवारलाई कम्तिमा ३ सय डलर तत्काल दिने निर्णय समेत एनआरएनए अमेरिकाले गरिसकेको छ । त्यसका लागि गोफण्ड मार्फत सहयोग सङ्कलन समेत संस्थाले गरिरहेको छ । दूरबिन नेपालसँग कुरा गर्दै एनआरएनए अध्यक्ष सुनिल साहले भने “थुप्रै नेपालीहरू संक्रमित हुनु भएको खवर हामीले पाइरहेका छौ । एनआरएनए अमेरिकाका च्याप्टरमा रहनु भएका साथीहरू सहयोग गर्न सक्रिय भएर लाग्नु भएको छ । उनीहरूलाई आर्थिक, भौतिक र आवश्यक सरसल्लाह दिने काम गरिरहेका छौ ।”  साहले कोरोना भाइरसबाट संक्रमित परिवार मात्र होइन विषम परिस्थितिले अधिकांश नेपालीहरू प्रभावित भएको बताए । 


न्युयोर्क  मात्र होइन टेक्सास र क्यालिफोर्निया लगायतका अरु राज्यमा पनि नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् । नेपाली समाज टेक्सास (एनएसटी)का अध्यक्ष दिनेश शर्माले दूरबिन नेपालसँगको कुराकानीमा भने “टेक्सासमा पनि केही नेपालीहरू सङ्क्रमित भएको सुन्नामा आएको छ । तर उनीहरूको बारेमा पुरा जानकारी छैन ।”  


कोरोना भाइरस बिरुद्ध काम गर्ने खोप र औषधि आउन समय लाग्ने स्वास्थ्य निकायहरुले जनाएका छन् । सुरक्षित रहन दिएका निर्देशन र सूचनाको अनुसरण गर्न  र सावधानी अपनाउनु नै अहिले महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रणबाट जोगिने एकमात्र उत्तम उपाए हो ।  

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result