काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो पटक निर्धारण गरेको मर्यादाक्रममाथि टिप्पणी गरेका छन् । उनले प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल्लो वरियतामा राख्न नहुने बताएका छन् ।
कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि प्रधानन्यायाधीशको मर्यादाक्रम यही अनुरुप छ । ’ उक्त प्रस्ताव संविधान विपरीत भएको उनले उल्लेख गरेका छन् । संविधानको धारा २८४ ले प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा माथिको मर्यादाक्रममा राखेको उनले बताए ।
राष्ट्रियसभामा पेश भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयकमा प्रधानन्यायाधीशको वरियता सभामुख र राष्ट्रियसभा भन्दा तल प्रस्ताव गरिएको छ । संविधान निर्माणका क्रममा माओवादीले न्यायालयलाई संसदिय समिति अन्तर्गत राख्ने प्रस्ताव गरेको शेखरले स्मरण गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-