काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र शेरबहादुरले देशको भूगोल खुम्च्याएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले मंगलबार एमालेले पाल्पामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
‘नेकपा एमालेलाई काम गर्न दिइएन, हटाइयो, त्यसपछि डेढ वर्षमा हाम्रो देशको भूगोल अलिकति सानो भो, सीमा मिचियो’ ओलीले भने, ‘मैले प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरुले अलिकति खुम्च्याए । अलिकति उनीहरुले आफ्नो भूभाग नदेखेझैं गरे ।’
प्रतिक्रिया लेख्नुहोस्:-