काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको कानुनी सल्लाहकारमा बाबुराम कुँवर र अर्थविज्ञ सल्लाहकारमा चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । दुईदिन अघि निर्णय भएर बुधबार नियुक्ति पाएको नेपालले जानकारी दिए ।
कानुनी सल्लाहकारमा नियुक्ति पाएका कुँवरले नियुक्ति पाएको पुष्टि गरे । कुँवर गण्डकी पहिलो प्रदेश प्रमुख हुन् । उनीपूर्व प्रधानमन्त्री शुशील कोइरालाको कार्यकालमा महान्यायाधिवक्ता थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-