काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विद्यमान राष्ट्रिय सुरक्षा चुनौतीलाई डटेर सामना गर्नुपर्ने बताएका छन् ।
मन्त्री उप्रेतीले शुक्रबार सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा आयोजित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा यस्तो बताएका हुन् । उनले राष्ट्रिय सुरक्षाका लागि राष्ट्रिय शक्तिको मुख्य तत्वहरू अर्थतन्त्र, कूटनीति, सूचना र सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउँदै समुचित रुपमा राष्ट्रिय हितमा प्रयोग गर्नुपर्ने बताए ।
सुदृढ राष्ट्रिय सुरक्षाका लागि राज्यका सम्बन्धित निकायहरूबीच सुरक्षासम्बन्धी विषयमा साझा बुझाइ र साझा धारणाको विकास गर्न निरन्तर संवाद, समन्वय र सहकार्य हुन आवश्यक रहेको उनले औँल्याए ।
प्रतिक्रिया लेख्नुहोस्:-