काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापा नियुक्त भएका छन् ।
कांग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री थापाले बिहीबार शीतलनिवासमा पत्र बुझेका छन् । उनले शुक्रबारदेखि कार्यभार सम्हाल्नेछन् ।
थापा आपूर्तिमन्त्री हुँदा दक्षिण एसियाको पहिलो नेपाल–भारत सीमापार रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सुरुवात भएको थियो । थापासँग संयुक्त राष्ट्रसंघको उच्च ओहोदामा काम गरेकोसमेत अनुभव छ ।
राष्ट्रपति पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवर नियुक्त गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-