Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा दैनिक ३३ प्रतिशत कोरोना संक्रमित थपिदै 

चैत्र १८, २०७६ ११:३० मा प्रकाशित
अमेरिकामा दैनिक ३३ प्रतिशत कोरोना संक्रमित थपिदै 

Share on FacebookShare on Twitter

दूरबिन संवाददाता । 


मार्च ३१, अमेरिका । कोरोना संक्रमितको संख्या अमेरिकामा दैनिक ३३ प्रतिशतले वृद्धि भइरहेको चिकित्सक र जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । सोमबार साँझ उत्तर क्यालिफोर्नियामा रहेका नेपाली चिकित्सक र स्वास्थ्य विज्ञहरू सम्मिलित भिडियो र अडियो कन्फरेन्समा कोरोना भाइरसले उत्पन्न गरेको स्वास्थ्य जोखिम, संक्रमण दर, रोकथामका लागि भएका प्रयास र उपचारको विद्यमान अवस्थामा माथि पेचिलो बहस भयो । 

यूसी बर्कलीमा प्राध्यापन गरिरहनु भएका जनस्वास्थ्य विज्ञ डाक्टर आमोद पोखरेलले महामारीको इतिहास केलाउँदै पछिल्लो महासंक्रामक कोरोना अमेरिकामा प्रत्येक २४ घण्टामा ३३ प्रतिशतले वृद्धि भएको तथ्यगत अवस्था प्रस्तुत गरे । अहिले भइरहेका थप परिक्षण, विद्यमान तथ्य तथ्याङ्क माथि विश्लेषण गर्दै डाक्टर पोखरेलले अमेरिकामा संक्रमण अझै केही समय बढ्दै जाने  उल्लेख गरे । 

नर्थ वे मेडिकल सेन्टरका मेडिसिन विभाग प्रमुख डाक्टर पुस्कर राज पाण्डेले पहिलो पटक अमेरिकामा कोरोना संक्रमितको पहिचान र उपचारका क्रममा सामना गरेका चुनौतिको  चर्चा गरे । डा पाण्डेले भने “बिरामीको उपचारका लागि गरिएका प्रयासबाट नतिजा राम्रो नदेखिए पछि बिरामीको लक्षण र अवस्था कोरोना संक्रमितको जस्तो रहेको भन्दै जाँचका लागि अनुमति माग्दा पनि सिडिसीले शुरुमा जाँच गर्ने अनुमति दिएन । प्रतिदिन बिग्रदै गयो । हामीले पुन कोरोना जाँचको माग गर्यौ । बल्लतल्ल जाँच भयो । कोरोना पत्ता लाग्यो ।” 

डाक्टर पाण्डेले बिरामी कोरोना संक्रमित भएको पुष्टि भएपछि उपचारमा संलग्न डाक्टर नर्स लगायत सबै स्वास्थ्यकर्मीको कोरोना जाँच र राखिएका कक्षको बिशेष ट्रिटमेन्ट गरेको बताए । अमेरिकी सरकारले कोरोना भाइरसको परिक्षण समयमा गर्न नदिएको र संक्रमण रोक्न उच्च सतर्कता नअपनाएको डाक्टर पाण्डेको भोगाइ र भनाइबाट प्रष्ट हुन्छ । 

डाक्टर पाण्डेले भने “कुनै पनि औषधिले बिरामीको स्वास्थ्यमा सुधार आएन ।  अन्तत इबोलामा प्रयोग हुने औषधि प्रयोग गर्यौ । त्यसपछि बिरामीको स्वास्थ्यमा सुधार आयो ।” डाक्टर पाण्डे जस्तै कोरोना विरुद्धको औषधि उपचारको अभियानमा जुटेका अमेरिका अरु चिकित्सक र स्वास्थ्य संस्थाले पनि केही बिरामीमा एन्टि भाइरल र एन्टिबायोटिकहरु प्रयोग गरि कतिपयको उपचारमा सफलता समेत हात पारेका छन् । कोरोना विरुद्ध काम गर्ने औषधि अहिले बनिनसेका कारण अरु रोगको उपचारका लागि पहिले बनेका औषधिलाई नै परीक्षणको रुपमा प्रयोग गर्नु पर्ने अहिलेको वाध्यता छ । 

 काइजर परमानेन्ट फ्रिमन्टका फिजिसियन डाक्टर शङ्कर घिमिरे पनि कोरोना भाइरसलाई काबुमा राख्न सक्ने प्रभावकारी औषधि आउन केही समय लाग्ने हुँदा पहिला देखिएका भाइरसको महामारी रोक्न बनेका कतिपय औषधिहरूलाई अहिले परीक्षणको रुपमा प्रयोग भएको बताउछन् । घिमिरे भन्छन् “यो भाइरसले सबै संक्रमितलाई असर गर्दैन । तर संक्रमितबाट अरु धेरैमा फैलनसक्छ । ज जसमा गंभिर समस्यामा देखिन्छ त्यो उपचार निक्कै जटिल बन्छ । संक्रमणबाट जोगिनु नै सबैभन्दा राम्रो हो “। 

 काइजर परमानेन्ट कै नर्स प्राक्टिसनर शैलेन्द्र आचार्यले यो भाइरस निक्कै संक्रामक भएको चर्चा गर्दौ कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्य संस्थामा नर्स डाक्टर र स्वास्थ्यकर्मीलाई सुरक्षाका लागि चाहिने माक्स लगायतका न्यूनतम सुबिधाको पनि कमी हुनु चिन्ताजनक भएको बताए । मानव स्वास्थ्यका लागि निक्कै खतराना देखिएको यो भाइरसबाट जोगिन घरबाट बाहिर नजाने र जानै परेमा संक्रमित हुनबाट जोगिन सावधानी अपनाउन सुझाव दिए  । 

एक पटक हाच्छौँ गर्दा वा खोक्दा एक लाख भन्दा बढि ड्रपलेट (साना छिटा ) हरु बाहिर आउने र त्यसैबाट अरुमा फैलदै जानेहुँदा विज्ञहरुले सकभर घरमै बस्न र बाहिर निस्कनै पर्ने अवस्थामा सुरक्षा बिधि अपनाउन सल्लाह दिए । 

कार्यक्रम बे एरियाका सामाजिक संघ संस्था र अभियान्ताहरुले पहिलो चरणमा बे एरियामा बसोबास गर्ने नेपाली मुलका चिकित्सक, नर्स र स्वास्थ बिज्ञलाई सहभागि गराइ भिडियो कन्फरेन्स गराएका हुन् ।  बैठक सन्चालक प्रतिक पाण्डेले कन्फेन्सको उद्देश्य र लक्ष प्रष्ट पार्दै भने “यो कसैलाई नेता बनाउन र देखासेखिको लागि गरिएको होइन । महामारीले आहत भएको नेपाली समुदायमा रहेका जिज्ञासा र अपनाउनै पर्ने सतर्कताका लागि सचेत गराउन गरिएको स्वास्थ्य चेतना मुलक अभियान हो ।” 

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result