दूरबिन नेपाल, न्युयोर्क
अमेरिकी कम्पनीहरुले डेढ महिना अघि अर्बौ मुल्य बराबरको स्वास्थ्य सामग्री चीनलाई बेचेको एक अनुसन्धानले देखाएको छ । जनवरी र फेब्रुअरी महिनामा अमेरिकी कम्पनीले २७ दशमलव दुई मिलीएन मुल्य बराबरको भेण्टीलेटर, १७ दशमलव ५ मिलियन बराबरको फेस मास्क र १३ दशमलव ६ मिलीयन बराबरको सर्जिकल गार्मेन्ट बिक्रि गरेको देखिएको छ । सो समयमा यति धेरै सामान कहिलेपनि विक्री भएको थिएन । अमेरिकी सेन्ससको विवरण अनुसारपनि जनवरी र फेव्रुअरीको अवधिमा स्वास्थ्य सामग्रीको यति धेरै विक्री एक दशकमा भएको थिएन । सो अवधिका चीनमा कोरोना भाइरसको अत्यधिक प्रभाव बढिरहेको थियो भने युरोपमा पनि फैलिन शुरु गरेको थियो । अमेरिकामा जनवरी २० मा पहिलो संक्रमित भेटिएका थिए । सो बेला अमेरिकी इण्टेलिजेन्सले कोरोना भाइरसको प्रभाव अमेरिकामा नराम्ररी फैलिनसक्ने चेतावनी पनि दिएको थियो । यतिबेला अमेरिका विश्वकै सबैभन्दा प्रभावित मुलक बनेको छ भने कोरोना भाइरसको उपचार गर्ने चिकित्सक तथा नर्सहरु स्वास्थ्य सामाग्रीको अभावमै काम गरीरहेका छन । कतिपय अस्पतालमा शैयाको अभावले बिरामीले ज्यान गुमाइरहेका छन भने गम्भीर बिरामीलाई अस्पतालबाटै घर फर्काइएको अवस्था छ । तर जनवरी २० मा अमेरिकामा पहिलो संक्रमित देखिएपनि अत्यावस्यक सवास्थ्य सामग्री निर्यातमा रोक लगाइएको थिएन । सो बेला पनि अमेरिकी कम्पनीहरुले आफ्ना उत्पादन बढाएर स्वास्थ्य सामग्री चीनलाई नै निर्यात गर्न व्यस्त थिए । त्यसको दोस्रो हप्तामै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको थियो । स्वतन्त्र व्यापारमा यो अस्वाभाविक नभएपनि महामारीको आंकलन गर्न नसक्नुको ठुलो मुल्य अमेरिकाले चुुकाउने हो की भन्ने आशंका बढिरहेको छ । यो टिप्पणी तयार पार्दा सम्म अमेरिकामा कोरोना भाइरसका दुइ लाख ४५ हजार भन्दा धेरै बिरामी छन भने ६ हजार बढिको ज्यान गइसकेको छ । सबैभन्दा धेरै प्रभवित न्युयोर्क राज्यका गर्भनर एण्डु« कुमोले भएका भेण्टीलेटरहरुले केवल ६ दिनसम्ममात्र धान्ने बताएका छन ।
अमेरिकी जनगणनामा आधारित भएर युएस टुडेले तयार पारेको अनुसन्धानमा भनिएको छ । अघिल्लो बर्षभन्दा सबै स्वास्थ्य उपकरण तथा सामग्रीहरुको उत्पादन दोव्वर भन्दा धेरै छ तर अत्यधिक निर्यातमात्र गरिएको छ । तर स्वयं आफ्नै मुलुकलाई चाहिन सक्नेबारे आंकलन गरिएन । जस्का कारण कैयन अमेरिकीहरुले ज्यान गुमाउन सक्ने त्रासदी बढेको छ । अनुसन्धानमा भनिएको छ की अझै पनि अमेरिकामा आवस्यक स्वास्थ्य साम्रग्रीहरुको उत्पादन भइरहेको छ । तर धेरै मुल्य दिने विदेशी मुलुकहरुतर्फ निर्यात भइरहको छ । स्वतन्त्र व्यापारको नाममा सरकारले सोझै हस्तक्षेप गर्न सक्दैन । यसले धेरै चिकित्सक र नागरिकहरुलाई जोखिममा पारीरहेको छ । तर अमेरिकी सरकारले कोरोना भाइरसलाई कम आंकेका कारण नै यत्रो जोखिम बेहोर्नु परेको अवस्था छ ।
:युएसटुडेको अनुसन्धानमा आधारित
प्रतिक्रिया लेख्नुहोस्:-