काठमाडौं । नेकपा (एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वपीडितको समस्या पैसा दिएर मात्रै समाधान नहुने बताएका छन् ।
अध्यक्ष ओलीले बारा–२ मा वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी महागढीमाई नगरपालिकाको बरियारपुरमा यस्तो बताएका हुन् । । उनले भने, ‘सरकारले गर्नुपर्ने कामको लागि ध्यान दिएको छैन, देश र समाजमा सरकारले अपराध बढाउन खोजेको छ,’ उनले भने, ‘सरकारले समस्या समाधान नगरी षड्यन्त्रमा लागेको छ । सरकारको स्थायित्व छैन् ।’ सरकारले देशमा भ्रष्टाचार र अपराधिरकण बढाएको उनको आरोप छ ।
सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनुपर्ने र सरकार–माओवादी द्वन्द्वपीडितलाई संक्रमणकालीन न्यायअन्तर्गत न्यायदिनुपर्ने उनको भनाइ थियो ।
प्रतिनिधिसभा सदस्यका लागि पार्टीको जिल्ला कमिटीले निर्णय गरेअनुसार ओली अचानक यहाँ आइपुगेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-