काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आफू मन्त्री भएर आएको करिब एक महिनामा राजश्व संकलनमा केही सुधारका संकेत देखिएको दावी गरेका छन् ।
मन्त्री पुनले शुक्रबार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरुका सचिवहरुसँग आगामी आर्थिक वर्षको बजेट निर्माण र चालु आर्थिक वर्षको समीक्षाका लागि मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।
चालु आर्थिक वर्षको हालसम्म ९ प्रतिशत हाराहारीमा मात्र राजश्व संकलन हुनु राम्रो नभएको उनले बताए ।
राजश्व चुहावट नियन्त्रणका लागि अर्थ र गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वबीच समन्वयमा काम अघि बढेको भन्दै मन्त्री पुनले आर्थिक वर्षको बाँकी तीन महिनामा राजश्व संकलनमा सकारात्मक वृद्धि गर्ने लक्ष्य राखिएको बताए।
‘
प्रतिक्रिया लेख्नुहोस्:-