अमेरिका । नेपाली काॅग्रेसका सभापति शेरबहादुर देउवाले न्युयोर्कमा नेपाली समाजमा घटेको दुखद घटनामा दु:ख व्यक्त गरेका छन् ।
कोरोना भाईरस संक्रमणका कारण विश्व नै आक्रान्त भएको समयमा न्युयोर्कमा चार जना नेपालीले ज्यान गुमाएका छन् । अघिल्लोसाता कोरोना संक्रमणका कारण अनिल लिम्बुको निधन भएको थियो । त्यस पछि अन्य तीन जनाले अकाल मृत्युवरण गरेका छन् ।थोक्मे बिष्ट,सोनाम लामा र अजच छोचुङको अन्य रोगका कारण निधन भएको जनाईएको ।
सभापति देउवाले काॅग्रेस आमन्त्रित केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आन्नद विष्टसॅगको टेलिफोनकुराकानिमा दु:ख व्यक्त गरेका हुन् । बिष्टले भने,”आज बिहान मलाई फोन गरेर सभापति देउवाले एकै दिन यसरी नेपाली दाजुभाईकोनिधनको खबरले आफु स्तब्ध भएको भन्दै दिवंगत व्यक्तिहरुप्रति श्रद्धान्जली अर्पण गर्दछु भन्नुभयो ।”
विष्टका अनुसार सभापति देउवाले शोक सन्तप्त परिवारजन र सम्पूर्ण नेपाली समुदायप्रति समवेदना समेत व्यक्त गरेका छन् ।“जनसम्पर्क समिति अमेरिका मार्फत म यस शोक र दु:खको घडीमा सबैलाई धैर्य गर्न आग्रह गर्दछु । विश्वभर फैलिएको महामारीबाटबँच्न,आफु र आफ्नो परिवार सुरक्षित राख्न आवश्यक पूर्व सतर्कता र सचेतता अपनाउदै यो बेला घरभित्रै बस्नुको विकल्प छैन ।” देउवालाई उद्दृत गर्दै विष्टले भने ।
देउवाले विदेशमा रहेका नेपाली दु:खको समयमा एकजुट भएको भन्दै त्यसको प्रसंशा गरेको विष्टले बताए । “यस्तो अवस्थामा पनित्यहाँ नेपालीहरुले एक अर्कालाई सहयोग गर्न मानवीय रुपमा जसरी काम गरिरहनु भएको छ,ती सबै दाजुभाई तथा दिदीबहिनीप्रति मउच्च सम्मान व्यक्त गर्दछु । तर मेरो आग्रह छ,यो बेला सबैभन्दा पहिले आफू सतर्क र सुरक्षित हुनुपर्छ । म जनसम्पर्क समिति मार्फतअमेरिकाका सम्पूर्ण नेपालीहरुलाई यो विकराल महामारीका बेला उच्च मनोबल कायम गर्दै आवश्यक सतर्कता अपनाएर सुरक्षित रहनअनुरोध गर्दछु”
सभापति देउवाले आफ्नो संदेश सबै नेपालीहरुका समक्ष पुर्याई दिन आग्रह गरेको विष्टले दूरबिन नेपाल सॅगको कुराकानीमा बताए ।
“म जनसम्पर्क समितिको सभापति र नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यका हैसियतले पार्टी सभापति श्रद्धेय शेरबहादुरदेउवाज्यूले अमेरिकामा रहेका नेपालीहरुको अहिलेको स्थितिप्रति देखाउनु भएको गम्भीर चासो,चिन्ता र सदभावका लागि सबै नेपालीसमुदायको तर्फबाट आभार व्यक्त गर्दछु ।”
विष्टले थपे,”साथीहरु संकट र महामारीको यो बेला हामी सबै उच्च मनोबलका साथ परिस्थितिको सामना गर्न सक्षम हुनुपर्छ । आत्मबलबलियो बनाउदैं तपाईं,हामी सुरक्षित रहुन घरभित्रै बसौं ।”
प्रतिक्रिया लेख्नुहोस्:-