दूरबिन नेपाल, न्युयोर्क
न्युयोर्कका गर्भनर एण्ड्रयु कुमोले न्युयोर्कको अवस्था केही सुधार हुंदै गएको संकेत गरेका छन । गभर्नर कुमोले सोमबार गरेको प्रेस ब्रिफिङमा भनेका छन “कोभिड तिव्रताको बारेमा हामी तीन प्रोजेक्सन मोडल (Curve, Peak, and Plateau Models of Projections) का बारेमा अध्ययन गर्दैछौ । कोभिडले अप्रिलको अन्त सम्म मा चरम विन्दु पार गर्ने छ “
न्यू योर्कका गर्भनर ए. एम.कुमोको अप्रिल ६ तारिख सोमबार भएको पछिल्लो कोभिड १९ प्रेस मिटमा जनाइए अनुसारका अकाँडाका केही तथ्यहरु यस्ता छन ।
कोभिड १९ को पछिल्लो केन्द्रविन्दु मानिएको न्यू योर्क राज्यको सोमबार विहानसम्मको तथ्याङ्क समग्रमा केही सुधारात्मक देखिएको छ । न्यू योर्कको पछिल्लो तथ्याङ्कको सार यसप्रकार छ ।
- पोजेटिभ संख्या, १ लाख ३० हजार ६ सय ८९
- जम्मा हस्पिटलाइज संख्या १६ हजा ८ सय ३७
- आइसीयु मा ४ हजार ५ सय ४ ( शनिवारको संख्या १६ हजार ४ सय ७९ थियो)
- जम्मा मृत्यु ४, ७५८
न्यू योर्क राज्यमा कोभिड १९ प्रकोपमा सुधार भएका केही तथ्याङ्कहरु
- हस्पिटलाइजेसन संख्या क्रमिक रुपमा घट्दो
अप्रिल २ मा १ हजार ४ सय २७
अप्रिल ३ मा १ हजार ९५
अप्रिल ४ मा ५ सय ७४
अप्रिल ५ मा ३ सय ५८
- इन्टुवेसन (भेन्टिलेटर) मा विरामी संख्यापनि तिव्र दरमा घट्दो
अप्रिल ३ मा ३ सइ ५१
अप्रिल ४ मा ३ सइ १६
अप्रिल ५ मा १ सइ ३२ जना
- डिस्चार्ज संख्या तिव्र दरमा बढ्दो
सोमबार सम्म १३ हजार ३ सय ६६ जना स्वास्थ्य उपचार गरी हस्पिटलबाट फिर्ता ।
(स्रोत, गर्भनर कुमो प्रेस मिट)
त्यसैगरी न्युयोर्क सीटीका मेयर बिल डे ब्लाजियोले पनि सुधारात्मक संकेत गरेका छन ।
मेयरले भने “न्यू योर्क सीटि इज फाइटिङ्ग ब्याक“
न्यू योर्क सीटिका मेयर वि. डी. ब्लाजीयोले मार्च ६ को पछिल्लो कोभिड १९ का बारेमा मार्च ६ सोमबारमा गरेको प्रेस मिटका केही महत्वपूर्ण पक्षहरु इसप्रकार छन । ब्लाजियोले न्यूयोर्क विस्तारै कोरोना भाइरस विरुद्धको लडाइमा लयमा आएको जनाउदै यो लडाईमा न्यूयोर्क सीटिले कुनै कसर बांकी नराख्ने प्रतिबद्धता जनाएका छन् । उनको प्रेस मिटका केही कथन तथ्यहरु यस प्रकार छन् :
स्वास्थ्य कर्मीका लागी चाइने सुरक्षा समाग्रीहरु बारे
- ब्रुकलिनमा दुई कम्पनीहरुले स्वास्थ्य सामाग्रीहरुको उत्पदान सुरु गरेकोले अवका दिनमा ९ हजार, हप्तामा १९ हजार र महिनामा ३ लाख २० हजार स्वास्थ्यकर्मीहरुले प्रयोगगर्ने सुरक्षा पहिरनहरु उत्पादन हुने ।
- संघिय सरकारबाट ६ लाख मास्क आज आउदै ।
स्वास्थ्यकर्मीको आवश्यकताका बारे :
- ४५ हजार नयाँ स्वास्थ्य कर्मीहरु को आवश्यकता
- मिलेटरी स्वास्थ्य कर्मीहरुलाई न्यू योर्कमा आउन आग्रह
- संघिय सरकारवाट २४९ स्वास्थ्य कर्मी प्राप्त, थप धेरै आवश्यक ।
घृणा अपराध बारे :
- न्यू योर्कमा घृणा अपराध बढ्दो । मुलत चाइनीज अमेरीकन घृणा अपराधको शिकार
- घृणा अपराधको शिकार भएमा या दृष्य देखेमा ३११ इा ९११ मा खवर गर्न आग्रह ।
- (स्रोत, टिभी प्रेस मिट)








प्रतिक्रिया लेख्नुहोस्:-