दूरबिन नेपाल सम्बाददाता
कोभिड १९बाट संक्रमितभै अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आइसीयुमा सारिएको छ । मार्चको अन्ततिर कभिड १९को बिमारले च्यापेपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अवस्था अझै जटिल बन्दै गएपछि उनलाई आइसीयुमा राखि उपचार गरिएको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । बेलायतको थोमस अस्पतालमा उपचार गराइरहेका जोन्सनलाई मेडिकल टीमको सल्लाह बमोजिम नै आइसीयुमा राखेर उपचार शुरु गरिएको हो । प्रधानमन्त्री जोन्सन कोरोना भएको पुष्टि भएपछिपनि काममा खटिएका थिए । ५५ बर्षीय जोन्सनकी श्रीमतीलाईपनि कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । बेलायत यतिबेला अत्यधिक कोरोना संक्रमीत मुलक अन्तर्गत पर्दछ । बेलायतमा कोभिड १९कोे प्रभाव बढ्दै गएपछि बेलायती महारानीले राष्ट्रको नाममा सम्बोधनपनि गरेकी थिइन ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया लेख्नुहोस्:-