काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले सभामुख देवराज घिमिरेमाथि नै महाभियोगको प्रस्ताव ल्याउनसक्ने आशंका ब्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले बिहिबार पार्टी निकट पेशागत महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘राष्ट्रपतिलाई धेरैपटक महाभियोग लगाउन खोजेका थिए । तर, पार लागेन । अहिलेको सभामुखलाई कतिबेला महाभियोग ल्याउन पनि बेर लाउँदैनन् । यीनिहरुसँग २५ प्रतिशत मात्रै होइन बहमत नै छदैछ। कुनै लाज शरम छैन। के गर्न हुन्छ के हुँदैन कुनै सीमा छैन ।’
उनले भने, ‘सुशीला कार्कीमाथि लगाए, चोलेन्द्रशम्शेर राणामाथि पनि लगाए । प्रधानन्यायाधीश को छ भन्ने होइन । न्यायिक हिसाबले भन्ने हो भने महाभियोग लगाएपछि दर्ता गरेर छ महिनासम्म घर्रामा राख्न मिल्छरु त्यो सुहाउने कुरा हो । अदालतलाई स्वतन्त्र ढंगले काम गर्न नदिने, त्यस्ता काम गर्न मिल्छ। तीनै पार्टी अहिले सरकारमा छन्। तीनीहरुको सकारात्मक भूमिका गर्न सकिँदैन ।’
।
प्रतिक्रिया लेख्नुहोस्:-