काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको लोडसेडिङको समस्या एक महिनाभन्दा धेरै समय नरहने प्रष्टीकरण दिएका छन् ।
उनले कान्तिपुर मिडिया ग्रुपले वीरगन्जमा आयोजन गरेको ‘वीरगन्जको वाणी’ को पहिलो सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
विडिङ प्रक्रिया मार्फत सोलार प्लान्ट निजी क्षेत्रलाई खुल्ला गरेको उनले बताए । ‘वीरगन्जमा मात्रै २ सय मेगावटको विड गरेका छौ । सबै उद्योगीलाई सहभागी भएर वीरगन्ज क्षेत्रको जेनेरेसन क्षमता बढाउन आग्रह गर्छु,’ उनले भने, ‘यसले दूई काम – भोल्टेज र जेनेरेसन क्षमता पनि बढाउँछ ।’







प्रतिक्रिया लेख्नुहोस्:-