काठमाडौं । नवनियुक्त रक्षामन्त्री पुर्णबहादुर खड्काले भद्रकालीस्थित सैनिक जङ्गी अड्डा पुगेका छन् ।
उनलाई प्रधान सेनापती प्रभुराम शर्माले स्वागत गरेका थिए । नेपाली सेनाले संगठनको संगठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सन्चालन गरेका अप्रेसन तथा विविध गतिविधीबारे जानकारी गराइएको थियो ।
जनताको आशा र विश्वास जगाउन मन्त्रालय र सेनाले पारिवारिक परिवेशमा काम गर्ने प्रतिबद्धता जनाए । काठमाडौं–तराई द्रुतमार्ग आयोजनालाई छिटो सम्पन्न गर्न आफुले सबै किसिमको सहयोग गर्ने पनि मन्त्री खड्काले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-