काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनको प्यानलबाट उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे विजयी भएका छन्।
आज (शुक्रबार) को अन्तिम मतगणना अनुसार घिमिरेले नेतृत्व गरेको पूरै प्यानल नै विजयी भएको हो। अध्यक्षमा विजयी घिमिरे ४ हजार ४७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता विष्णु मणि अधिकारीले २ हजार चार सय ८२ मत ल्याएका छन्।
यस्तै, उपाध्यक्षमा प्रदेश १ बाट अधिवक्ता सुरज खत्री, मधेश प्रदेशबाट अधिवक्ता सुधीर कुमार कर्ण, बागमतीबाट हर्कबहादुर रावल, गण्डकीबाट वीरेन्द्र केसी, लुम्बिनीबाट पशुपति भण्डारी, कर्णालीबाट उत्तम प्रसाद आचार्य र सुदूपश्चिमबाट तुलाराम गिरि विजयी भएका छन्। यस्तै, महिला उपाध्यक्षमा आशा राई र महासचिवमा अधिवक्ता अन्जिता खनाल विजयी भएका छन्। नेकपा एमाले निकट रहेकाहरुको हार भएसँगै निकै लामो अन्तरालमा बारमा कांग्रेस निकट नेतत्व चयन भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-