काठमाडौं । आजबाट वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिएको छ । काठमाडौँको पुरानो बस्ती भएको शहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।
आज पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पु(याइन्छ । अर्को दिन असनबाट हनुमान ढोका अगाडिसम्म र त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म लैजाने चलन छ । रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई तीनपटक परिक्रमा गराई जात्राको समापन गरिन्छ ।
मच्छिन्द्रनाथको रथ लगन टोलमा रथ पुगे पछि जीवित देवी कुमारीलाई सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगन चोकमा जात्रा देखाउने चलन छ ।
प्रतिक्रिया लेख्नुहोस्:-