Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डा नारायण खड्का: सरांगकोटदेखि अमेरिकी गृहमन्त्रालयसम्म

डिएचएसमा उच्च तहमा काम गर्ने नेपाली

चैत्र २६, २०७९ १२:०४ मा प्रकाशित
Share on FacebookShare on Twitter

शिव नेपाल

स्यानफ्रान्सिस्को

सन् २०१६ मा फ्लोरिडास्थित नोभा साउथ इष्टर्न यूनिभर्सिटीवाट कन्ल्फिट रिजोलुसनमा पिएचडी सकाएपछि डा नारायण खड्कालाई नेपाल फर्केर आफ्नै मातृभूमिमा काम गर्ने उत्कट इच्छा थियो । नेपालमा सशस्त्र दन्दको समाप्तीपछि संक्रमणकालीन न्याय र सत्य निरुपण तथा मेलमिलाप जस्ता आयोगमा काम गर्ने उनीको इच्छा थियो । किनकि त्यसमा उनको लामो र अन्तराट्रियस्तरको अनुभव र ज्ञान थियो । त्यही कारण पनि उनले आफ्नो सोधपत्र नेपालमा तयार पारेका थिए । उनले निश्चित समुदायहरुमा परापूर्वकालदेखि चलिआएको आन्तरिक दन्द शान्तिपूर्ण तरिकाले कसरी ब्यवस्थापन कसरी हुन्छ भन्ने बारेमा शोत्रपत्र तयार गरेका थिए । अमेरिकामा गरेका अध्ययन र लामो समयसम्म शरणार्थी ब्यवस्थापनमा उनले पाएको अनुभव आफ्नै भूमिमा लगानी गर्ने योजनाका साथ उनी नेपाल गएका थिए । तर नेपाल उनले सोचेजस्तो थिएन । नेपाल जुन उदेश्यका साथ गएका थिए, त्या पुरा हुने नदेखेपछि उनी फेरी अमेरिका नै फर्किए । अमेरिकामा बसोवासका लागि शरण लिएका विभिन्न देशका नागरिकहरुको ब्यवस्थापनमा सकृय भए, उच्चतम अनुभव हासिल गरे । अनि उनको यात्रा शुरु भयो अमेरिकी गृहमन्त्रालय अर्थात “डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटीमा” ।

संभवत डा खड्का अमेरिकी गृह मन्त्रालय डिएचएसमा उच्च तहमा काम गर्ने पहिलो नेपाली हुन । नेपालको सामान्य परिवारवाट आएको खड्काको यो प्रशासनिक यात्रा अमेरिकामा अध्ययन गर्ने र खासगरि दोश्रो पुस्ताका नेपालीहरुका लागि उदाहरण पनि हो । सन २०१९ देखि उनी अमेरिकी गृहमन्त्रालयमा कार्यरत छन् । सादगी पहिचानका खड्का भने आफ्नो उपलब्धीलाई धेरै ठूलो ठान्दैनन्! भन्छन् -“काम गर्दा गर्दै यहाँ आइपुगियो” । तर अमेरिकामा रहेका दोश्रो पुस्ताका नेपालीहरुले मेहनत गरेका खण्डमा धेरै प्रगति गर्न सक्ने धारणा राख्छन् ।

खड्का सन् १९७२ मा कास्कीको सरांगकोटमा जन्मिए । तीन कक्षासम्मको अध्ययन सकिएपछि उनको परिवार मधेश झरेको थियो । एसएलसी बाराको अनुप दीपनी माविवाट गरेपछि उच्च शिक्षाको लागि उनी त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस पोखरा आए ।
उनका पीता हर्क बहादुर खड्का सरांगकोटको प्रधानपंच मात्र थिएनन् गाउ विकासका लागि एक अभियन्ता नै थिए ।  आफ्नै ब्यक्तिगत खर्चवाट गाउ र समुदायको विकास र उत्थानका लागि काम गर्थे । पहाडको जीवन अनि सहज नभएपछि उनको परिवार बाराको कोहल्वीमा बसाई सरेको थियो । “शायद बुवालाई हाम्रो वारेमा चिन्ता थियो अनि उहाँले धेरै सम्पति कामाजिक काममा नै खर्च गरिसक्नुभएको थियो, त्यसकारण परिवारको जिवन सरल वितोस भनेर उहाँ मधेश झर्नुभयो”, खड्काले आफ्नो बाल्यकाल सम्झदै भने ।

अनतरमुखी र कम बोल्ने स्वभावका नारायण खड्कालाई कानुन पढ्ने रहर चाही थिएन तर छोरोले कानुन नै पढोस् भन्ने बुवाको ईच्छाको कारण उनले कानुन संकायमा भर्ना हुनुपरेको रहेछ । “अदालतको इजलासमा जाने, सबैको अगाडी वादी र प्रतिवादीको प्रतिनिधि बनेर काम गर्ने मेरो स्वभाव थिएन, त्यसकारण पनि कानुनको अध्ययन गर्ने रुची चाही थिएन तर बुवाको रहरलाई पुरा गर्न कानुनको अध्ययन गरें उनले भने यहा अमेरिका आएर पो बुझे कानुनको अध्ययन कति महत्यपूर्ण रहेछ “।
१९९४ मा पृथ्वीनारायण क्याम्पस पोखरावाट बीएल गरेपछि नारायण खड्का एलएलएम अध्ययनको लागि भारतको राजधानी दिल्ली गए । किनकी नेपालमा त्यतिबेला एलएएलएमको पढाई हुदैनथ्यो । दिल्लीवाट सन् १९९७ मा एलएलएम सकाएपछि काठमाडौं आए । काठमाडौं उनको लागि नयाँ नै थियो । आफ्नो संघर्षका दिन सम्झदै उनले भने म नेशनल ल चेम्वरमा संलग्न भएर वकालत गर्थे र नेपाल ल क्याम्पसमा अध्यापन पनि गर्थे । दिल्लीमा संगै कानुन अध्ययन गरेका उनका सहपाठी तीलप्रसाद श्रेष्ठ अहिले सर्वोच्च अदालतका न्यायाधीस छन् । कवी न्यापाने, ब्रजेश प्याकुरेल लगायका साथीहरु जिल्ला न्यायाधीसको रुपमा कार्यरत छन् । आफ्ना सहपाठीहरुको प्रगतिमा खुशी ब्यक्त गर्दै खड्का भन्छन्, “शायद नेपालमा नै काम गरिरहेको भए, म पनि कतै हुन्थेकी”!

अध्ययनको लागि सन् २००२ मा अमेरिका आएका खड्का अध्ययन संगसंगै काममा पनि संलग्न भए । जव उनले अमेरिकोप्र्स  स्वर्यसेवकको रुपमा काम गर्न थाले, त्यसले नै अमेरिकी गृह मन्त्रालय अर्थात डिएचएसको सिनियर अफिसरको जग बसाल्ने काम गर्यो । मेरो सिकाईको जग नै अमेरीकोप्र्स हो, खड्का भन्छन् ।
२००९ देखि २०१५ सम्म खड्का रिफ्यूजी आउटरिच सर्भिस प्रोगाममा सिनियर रिसोर्स अफ गिलफर्ड संस्थामा आवद्ध भएर भुटानी, बर्मिज, भियतनामी नागरिकहरुको पुर्नवास कार्यक्रममा संलग्न भए । सन् २०१८ देखि २०१९ सम्म उनले नर्थ क्यारोलिनाको ग्रिन्सवोरोमा रिफ्यूजी प्रोगाम कोअर्डिनेटर भएर शरयार्थीहरुलाई भाषा तालीम, ब्यवस्थापनमा काम गरेका थिए । शरणार्थीको रुपमा विभिन्न तवरवाट अमेरिका आएकाहरुलाई अभिमुखीकरणको तालीम दिनु उनको मूख्य काम थियो ।
सन २०१७ १८ मा सोसल साइन्टिसको रुपमा उनले अफगानिस्तानको राजधानी काबुलमा काम गरे । त्यहाँको आन्तरिक दन्द ब्यवस्थापनमा समुदायको भूमिका र अफगानी जनताको समसामयिक धारणाको वारेमा अध्ययन र अनुसन्धान गरे । काबुलमा रहंदा उनले अमेरीकी सरकार र अफगानी सरकारवारे जनमानसमा रहेको धारणा बुझ्ने र कसरी सरकारी काम कारवाहीलाई प्रभावकारी बनाउने भन्ने  वारेमा अनुसन्धान गरेका थिए । “अफगानिस्तानको अध्ययनले मलाई धेरै कुरा सिकायो”-खड्का भन्छन्

त्यसो त पिएचडीमा उनले तयार गरेको सोधपत्र आफैंमा महत्वपूर्ण छ । नेपालको बारा बर्दिया दांग लगायतका जिल्लाका विभिन्न भागमा रहको थारु समुदायमा परापूर्वकालदेखि नै मुखिया बर्गरिया छान्ने चलन छ, जसको काम आफ्ना स्थानीय तहका देखिएका समस्याहरुलाई नेपालमा गरेको अनुसन्धानवाट थारु समुदायमा आन्तरिक दन्द समाधान गर्ने प्रणली मुखियम बर्गरिया रहेको प्रमाणित गरे । समाजका पीडा पाएका र पीडक दुबैले आफूले न्याय पाएको महसुस गर्ने सा् प्रणलीवारे डा खड्काले गरेको अनुसन्धान निकै लोकप्रिय बनेको छ जस्लाई हज्जारौ पटक डाउनलोड गरिएको छ ।

नेपालमा सरकार माओवादी शान्ति प्रकृयाका कतिपय विषयहरुलाई अन्तिम टुंगो लगाउन पनि उनको अध्ययन महत्वपूर्ण देखिन्छ । खड्का भन्छन् संक्रमणकालीन अवस्थाको निवारणको लागि सत्य निरुपण तथा मेलमिलाप जस्ता आयोगहरुलाई प्रभावकारी ढंगवाट अगाडी बढाउनुपर्छ कम्तिमा पनि पीडितले न्याय र क्षतिपूर्ति पाएको महसुस गर्न सक्नुपर्छ । शायद नेपालले डा. खड्काले पाएको अन्तराष्ट्रिय अनुभवको सहयोग लिन सक्थ्यो ।
खड्का प्राज्ञिक क्षेत्रमा जस्तै सामाजिक अभियानमा पनि त्यत्तिकै सकृय छन् । उनले सन १०१३ देखि २०१७ सम्म नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा रहेको ट्राइड नेपलीज कम्यूनिटी सेण्टरको नेतृत्व गरे । उनको अगुवाईमा त्यहाँ कम्युनिटी सेन्टरको स्थापना भयो र हाल शिव मन्दिरको पनि निमार्ण गरिएको छ । खड्का यसलाई आफ्नो ब्यक्तिगत नभई समुदायमा संलग्न सबैको सफलताको रुपमा ब्याख्या गर्छन् । सन् १९९९ मा नेपालमा नै बन्दना थापासंग मागी विवाह गररेका खड्काका एक छोरा विपुल खड्का र एक छोरी न्यायीका खड्का छन् ।

सम्बन्धित समाचार

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू
Breaking News

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !
Breaking News

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result