दूरबिन नेपाल, न्युयोर्क
कोरोना भाइरसको कारण ग्रोसरी किन्न नपाएका तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई न्युयोर्क सीटीले सित्तैमा खाना बांढिरहेको छ । न्युयोर्कका मेयर बिल डे ब्लाजिओले बेग्ला बेग्लै तीन समयमा सित्तैमा खाना वितरणको निर्देशन दिएका छन । खाना वितरण तीन समयमा भइरहेको छ । बिहान साढे सात देखि साढे ११ बजेको समयमा र साढे ११ बजेदेखि साढे एक बजेको समयमा खाना लिन सकिनेछ । न्युयोर्कका विभिन्न चार सय ३५ स्थानबाट वितरण गरिने सरकारी खाना विहानको समयमा बच्चा र परिवार तथा दिउसोको समयमा वयस्कहरुले लिन पाउने व्यवस्था गरिएको छ । न्युयोर्क सीटीका पाँचवटै बोरोहरुमा यो व्यवस्था गरिएको छ ।
शुरुमा विद्यालयमा मात्र केन्द्रित गरिएको सित्तैमा खाना कार्यक्रममा अब बालबच्चा नहुनेका लागिपनि विस्तार गरीएको छ । न्युयोर्क सीटीले वितरण गर्ने खाना अब न्युयोर्क सिटीमा बसोबास गर्नेहरु सबैले प्राप्त गर्न सक्नेछन ।
खाना प्राप्त गर्नको लागि NYC FOOD टाइपगरी 877-877 मा पठाउनु पर्ने छ । त्यसरी पठाएपछि खानाको वितरण स्थान र समय सहित सम्पुर्ण जानकारी प्राप्त हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-