काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार ब्यवसायीलाई अनाबश्यक दुःख दिने पक्षमा नरहेको प्रष्ट पारेका छन् ।
मन्त्री पुनले बुधबार नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा जारी ५८औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आयोजित अन्तरक्रियामा यस्तो धारणा राखेका हुन् ।
मन्त्री पुनले गल्ती गर्नेमाथि पर्याप्त छानबिन गरी तथ्यका आधारमा राज्यले कारबाहीको दायरामा ल्याउने भए पनि व्यक्तिको सामाजिक प्रतिष्ठामै आँच पुग्ने काम नगर्न अनुसन्धान गर्ने निकायका अधिकारीलाई आग्रह गरे ।
लोकतान्त्रिक मुलुकमा कोही पनि कानुनमाथि नहुने स्पष्ट गर्दै कुनै पेसा र व्यवसायका व्यक्ति विशेषमाथि आरोप लाग्दा सामग्र क्षेत्रमाथि आरोपित गर्ने प्रवृत्ति राम्रो नभएको उल्लेख गरे ।
राज्यको शक्ति कुनै पक्षमा वा विपक्षमा दुरुपयोग गर्न नहुनेमा जोड दिएका मन्त्री पुनले निजी क्षेत्रले राज्यलाई र राज्यले निजी क्षेत्रलाई कमजोर बनाउने काम गर्नु नहुने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-