Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘लकडाउन’  लम्बिने , उच्चस्तरीय संयन्त्र आवश्यक नभएको प्रधानमन्त्री ओलीको भनाई

चैत्र २९, २०७६ १:४५ मा प्रकाशित
‘लकडाउन’  लम्बिने , उच्चस्तरीय संयन्त्र आवश्यक नभएको प्रधानमन्त्री ओलीको भनाई
Share on FacebookShare on Twitter

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय संयन्त्र आवश्यक नभएको बताएका छन् । कोरोना संक्रमणको महामारीका समयमा सबै राजनैतिक दललाई समेटेर उच्चस्तरीय संयन्त्र बनाउन पर्ने सुझाव यस अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका थिए ।

शनिवार प्रधानमन्त्री ओलीले मुख्यन्त्रीहरु सँग आयोजित भिडियो कलमा सरकारले प्रभावकारी काम गरिरहेकोले अर्को संयन्त्र आवश्यक नभएको ओलीका सल्लाहाकार सुर्य थापाले सामाजिक सन्जालमा लेखेका छन् । थापाका अनुसार ओलीद्वारा आयाेजित भिडियाे कन्फरेन्स बिहान ११:३० देखि अपरान्ह ३: ४० बजेसम्म सिहदरबारस्थित एक्सन रूमबाट  संचालन भएको थियो ।   उक्त अवसरमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले  आफ्नाे प्रदेशमा काेराेना भाइरस नियन्त्रण, राेकथाम र उपचारकाे क्रममा गरिएका तमाम प्रयाशहरूकाे स्थिति जानकारी गराएका थिए । 

‘उहाँले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेकाे प्रष्ट पार्नुहुँदै सरकार स्वयंले अथाेरिटीका साथ काम गरेकाे हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्ताे गरी सरकारले काम गराेस् भन्ने जस्ताे नगर्न सबैलाई स्पष्ट पार्नुभयाे । साथै, स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारिरीक रूपमा तन्दुरूस्त र त्यसवापत कुनै लाभ नखाेज्ने हुनुपर्ने बताउनुभयाे ।’ थापाले आफ्नो स्टाटसमा लेखेका छन् ।

 

सल्लाहाकार थापाका अनुसार प्रधानमन्त्रीले  यसबीचका प्रयाशहरू सकारात्मक नै रहेकाे र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेकाे बताएका थिए । थापाले फेसबुक स्टाटसमा लेखेका छन् ।’ उहाँले सामाजिक दूरी कायम गर्नुकाे अर्काे विकल्प नै नरहेकाे स्पष्ट गर्नुभयाे । सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेकाे हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम  नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई अनुराेध गर्नुभयाे ।’

सो बैठकमा प्रधानमन्त्रीले  काेराेना संक्रमणकाे नियन्त्रण र यसकाे अन्त्य गरिसक्दासम्म मुलुककाे स्वास्थ्यउपचारकाे क्षेत्रले गुणात्मक फ्ड्काे मार्ने, प्रयाेशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिकाे व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने अपेक्षा लिएको पनि थापाले जनाएका छन् । 

 

थापाले लेखेका छन्,’लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेकाे स्पष्ट गर्दै उहाँले जाेड दिनुभयाे ।’

 

प्रधानमन्त्रीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेकाे देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन नसक्ने भन्दै  यसमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराएको थापाले लेखेका छन् । ‘लकडाउनमा प्रशासनिक लापरबाही हुनैभएन, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न राेक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने, त्यसका लागि केन्द्रबाटै एकरूपताकाे लागि परिपत्र जारी गरिने समेत उहाँले उल्लेख गर्नुभयाे । उहाँले जनतालाई दु:ख दिन हाेइन, जनताकाे जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेकाे बुझ्न र बुझाउन सबैलाई सचेतनताकाे लागि आह्वान गर्नुभयाे । साथसाथै, सरसफाईमा ध्यान दिन, माक्स र चश्मा प्रयाेग गर्न र मनाेवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गर्नुभयाे ।’

फोटो : सुर्य थापाको फेसबुकबाट

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result