काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको छ ।
मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले २४ बलमा तीन चौकासहित २४ रन बनाए । त्यस्तै आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनको योगदान दिए । सात बलको सामना गरेका गुल्सन झाले दुई छक्का र एक चौकासहित १९ रन बनाए ।
त्यस्तै कप्तान रोहित पौडेलेले २८, दिपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए । सन्दीप जोारा १२ रनमा नट आउट रहे । मलेसियाका लागि विरनदीप सिंहले ३ तथा मोहम्मद वाफिक र पवनदीप सिंहले एकरएक विकेट लिए ।
प्रतिक्रिया लेख्नुहोस्:-