काठमाडौं । चैत २८ मा बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ। विहीबार सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी छन्।
त्यस्तै, सरकारले खाद्य पदार्थमा जीवनाशक विषादीको अधिकतम सीमा निर्धारण गर्ने निर्णय गरेको छ। यससँगै कुखुराको दानाको गुणस्तर र मात्रा पनि निर्धारण गर्ने निर्णय गरेको छ। यसका अलावा मन्त्रिपरिषद् बैठकले विभिन्न १४ ओटा निर्णयहरु गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-