Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रामकृष्ण ढकालका साथमा ह्युस्टनका नेपालीहरुले मनाए नयाँबर्ष २०७६ उत्सव

बैशाख १, २०७६ १०:२७ मा प्रकाशित
रामकृष्ण ढकालका साथमा ह्युस्टनका नेपालीहरुले मनाए नयाँबर्ष २०७६ उत्सव
Share on FacebookShare on Twitter

सुजन पण्डित/दूरबिन नेपाल

ह्युस्टन/ नेपाली नयाँ बर्ष २०७६ को स्वागत यस पटक ह्युस्टनका नेपालीहरुले आधुनिक नेपाली गीत/संगीतका चर्चित गायक रामकृष्ण ढकालको ‘लाइभ’ सुमधुर गीतको मज्जा लिंदै मनाए। नयाँबर्षको स्वागतका लागि जम्मा भएका करीब दुई सय ह्युस्टनका नेपालीहरुले मनमोहक शैलीमा सजाइएको ताज हलमा आफ्नो मनपर्ने गायकको चर्चित र कर्णप्रिय गीतहरुलाई प्रत्यक्ष गाएको सुन्दै र हेर्दै मनाउन पाउँदा निकै गौरव अनुभूति गरेका थिए।

“करीब १६ बर्षपछि ह्युस्टन आएर नेपाली गीत/संगीतलाई माया गर्ने दर्शक/श्रोताहरुकाबीच नयाँबर्ष उत्सवमा सहभागी हुन पाएकोमा खुसी लागेको छ”, ढकालले सबै ह्युस्टनवासी नेपालीहरुलाई नयाँबर्षको शुभकामना दिंदै भने। ह्युस्टनका नेपालीहरुबीच आउने अवसर जुटाई दिएकोमा नेप्लिज एशोसियसन अफ ह्युस्टन र अध्यक्ष विष्णु नेपाललाई धन्यवाद दिएर दोश्रो गीत शुरु गरेका ढकालले गाएका प्रत्येक गीतले ह्युस्टनका नेपालीहरुलाई सांगितिक मनोरंजन दिएको थियो। 

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सँधै संधै नेपाल लेख्न पाइयोस्’ बोलको निकै चर्चित राष्ट्रिय गीतबाट आफ्नो प्रस्तुति शुरु गरेका ढकालको ‘इन्ट्री’संगै हलमा उपस्थित करीब दुई सय दर्शकहरुले उनीप्रति देखाएको सम्मान र उत्साहले प्रवासमा नेपालीहरुले नेपाल र नेपाली स्रष्टाहरुप्रति देखाउने माया र सम्मान झल्किएको थियो। गीतको अन्त्यमा नेपाली झण्डा फरफराएका ढकालको त्यो प्रस्तुतिले पुरै हल नेपालमय भएको थियो। जात- भाषा वा क्षेत्रीयता कारण बेलाबखत बिभाजित जस्तै देखिने नेपाली समाजलाई समेत ढकालको गीत एकताबद्ध बनाउने माध्यम बनेकोछ। 

करीब दुई दर्जन गीति एल्बम सार्वजनिक गरेका ढकालका एक हजार भन्दा बढी गीतहरु रेकर्ड भएका छन। सयौं हिट गीतहरुले आफ्ना फ्यानहरुलाई मोहित पारेका ढकालका सर्बकालिक हिट गीत ‘ओराली लागेको हरिणको चाल भो’ लगाएतका दर्जन बढी गीत गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए। 

स्टेजबाट तल झरेर दर्शकहरुकाबीच मै गएर गीत गाउँदै  ह्युस्टनका नेपालीहरुको उनीसंगै सेल्फी खिच्ने रहर पनि मेटाएका ढकालसंग तस्बिर खिच्न दर्शकहरुको तँछाड-म छाड् नै दिखिन्थ्यो। नेपाली गीत संगीतलाई नै मुख्य कर्म बनाएर संसार भर छरिएका नेपालीहरुलाई आफ्नो सुरिलो स्वरले मन्त्रमुग्ध बनाएका रामकृष्ण ढकाललाई प्रत्यक्ष सुन्न पाएकोमा ह्युस्टनका नेपालीहरु निकै खुसी देखिन्थे। ‘छिटको गुन्यू तिमीले लगाउँदा, सामु तिम्ले हुरुक्कै बनाउँदा’, गीत गाउँदा भने करीब सिंगै हल उनीसंगै नाचेको थियो। निकै साधारण भेष-भुषा र सबैसंग नजिक हुने उनको शैलीले सबै नेपालीहरुको उनीप्रतिको आकर्षण झनै बढाएको थियो। 

पारिवारिक भेटघाटका लागि ह्युस्टन आएकाबेला नेपाली नयाँबर्षका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर लोकप्रिय गायकलाई पहिलो पटक प्रत्यक्ष सुन्न पाएकोमा निकै खुसी देखिएका पोखराका नरेश्वर आचार्य देखि एक दशक भन्दा अघि देखि ह्युस्टन बसेपनि पहिलोपटक नेपाली समुदायको कार्यक्रममा सहभागी भएका रोशन उपाध्याय समेतलाई ढकालले आफ्नो स्वरको जादूले प्रभावित पारेका थिए।

नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) ले दशौं नेपाल डे तथा नयाँबर्ष शुभकामना साँझसंगै समकालीन गायक/संगीतकारहरुमा निकै रुचाइएका सुमधुर आवाजका धनी गायक रामकृष्ण ढकाललाई प्रत्यक्ष सुन्ने व्यवस्था मिलाएको हो। स्वर सम्राट नारायण गोपालको जस्तै ‘मेलोडियस’ स्वरका लागि समेत परिचित ढकालका कैयन उत्कृष्ट गीतहरुले उनका फ्यानहरुलाई मोहित बनाएका छन्। उनले विसं २०४५ सालमा १४ बर्ष कै उमेरमा रेकर्ड गराएको ‘हाम्रो सुन्दर संसार थियो’ बोलको गीत निकै मन पराइएको गीतमा पर्दछ। सानैदेखि नारायण गोपालका गीतहरु दुरुस्तै गाएर चर्चा कमाएका गायक तथा कम्पोजर ढकालले हिन्दी गीत/संगीतकी सुप्रसिद्ध गायिका लता मंगेस्कर संगै ‘बाचुन्जेली’ लाई भन्ने गीत समेत गाएका छन्। हिजो साँझ पनि उनले लता मंगेस्करसंगै गाएको उनको सोही हिट गीत गाएर प्रवासका नेपालीहरुलाई नेपाली गीतको मज्जा चखाएका थिए। 

‘कार्यक्रमबाट बचेको रकम नेपालीहरुको आफ्नै पशुपतिनाथ मन्दिर ह्युस्टनका लागि प्रयोग हुने गरि आयोजना गरिएको नयाँबर्ष उत्सव तथा रामकृष्ण ढकाल सांगितिक साँझमा ह्युस्टनका स्थानीय बाल कलाकारहरुले नृ्त्य प्रस्तुत गरेका थिए भने सानएन्टेनियोबाट आएका गायक कैलाश कायस्थले प्रेमध्वज प्रधान, स्वर सम्राट नारायण गोपाल, अरुण थापा र सविन राईका चर्चित गीतहरु गाएर ह्यस्टनका नेपालीहरुलाई सांगितिक मज्जा दिएका थिए। राम कुँवर र प्रशान्ती पण्डितले संचालन गरेको नयाँबर्ष शुभकामना कार्यक्रममा एनएएचका अध्यक्ष डा. विष्णु नेपाल अस्वस्थताका कारण उपस्थित हुन नसकेकाले सचिव बिजय बोखिमले सम्पूर्ण ह्युस्टनवासी नेपालीहरुलाई नेपाली नयाँबर्ष २०७६ को शुभकामना दिएका थिए। न्यूयोर्क लाइफ इन्स्योरेन्सका बच्चा तिवारी, एभण्ट ट्याक्स, नेपाज ट्राभल र काठमाण्डु करी एण्ड बारले कार्यक्रमलाई प्रायोजन गरेको आयोजकहरुले जानकारी गराएका थिए। 

तस्बिर: शिव सेढाईं/ एनएएच

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result