काठमाडौं । आज भक्तपुरको मध्यपुरथिमिमा सिन्दूर जात्रा मनाइएको छ ।
बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मनाइने सिन्दूर जात्रा अति प्रसिद्ध छ । थिमिमा मात्र मनाइने सिन्दूर जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।
जात्रा सुरु भएपछि पमाहरू हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी, विष्णुवीर, सिद्धिकालीलगायत देवदेवीहरूको खट ल्याएर यो जात्रा मनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-