काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक पर्ने बताएका छन् । उनले मंगलबार नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा बोल्दै यस्तो धारणा राखेका हुन् ।
‘अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु। अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ।’उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पारे।
प्रतिक्रिया लेख्नुहोस्:-