अमेरिका । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाटोमा अलपत्र नागरिकलाई खाना र बस्नको व्यवस्था गर्न पार्टीका निकायलाई आग्रह गरेका छन् । सभापति देउवाले सामाजिक सञ्जाल मार्फत नागरिकको दु:खमा साथ दिन आफ्ना कार्यकर्तालाई भनेका हुन् ।
देउवाले लेखेका छन्,’ ‘काठमाडौं श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नहुदा सयाौं किलोमिटर पैदल हिडेर घर गरइरहेका छन् । सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनु पर्ने हो । तर सरकारमा बसेका ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएको छ ।’
देउवाले पार्टीका निकाय शुभचिन्तकलाई सम्बोधन गरेको ट्वीट्मा भनेका छन्,’लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिडेर घर गइरहेका नागरिकहरुलाई नेपाली काँग्रेस स्थानीय तह र पार्टीको भातृ तथा सुवेच्छुक संस्थाका साथिहरुले सामाजिक दुरी कायम गरी आआफ्नो क्षेत्रमा खाना र राती भए वासको प्रवन्ध मिलाउन आग्रह गर्दुछु ।’
प्रतिक्रिया लेख्नुहोस्:-