सुदर्शन नेपाल – दूरबिन नेपाल
अमेरिका । अमेरिकी राष्ट्रपति डाेनाल ट्रम्पका पुर्व कानुनी सल्लाहाकार माईकल काेहन काेरमेना भाईरस बाट संक्रमित भएका छन्। न्यूयाेर्क टाईम्समा प्रकाशित समाचार अनुसार काेराेनाभाईरस बाट संक्रमित भएका काेहाेनलाई जेल बाट मुक्त गरि आफ्नै घरमा सेल्फ आईसाेलेशनमा पठाईने छ ।
काेहाेन र अन्य बन्दीहरुलाई चाैध दिन सेक्युरिटी क्वाराईटेनमा राखिसकेपछि थप आईसाेलेसनका लागी उनिहरुकाे घर पठाईने छ । गत महिना काेहाेनले आफ्नाे स्वास्थय स्थिति ठिक नभएकाे जनाउदै अदालतमा आफ्नाे रिहाईकाे लागि आग्रह गरेपनि उनकाे आग्रह अस्विस्कार गरिएकाे थियाे।
गत बर्ष अमेरिकी अदालतलाई ढाँटेकाे आराेपमा उनी तीन बर्षका लागी जेल चलान भएका थिए। काेहाेनका कानुनी सल्लाहाकार राेजर वि. एडलरलाई उद्धित गर्दै न्यूयाेर्कस टाईम्सले लेखेकाे छ ” अब जेल प्रशासनकाे निगरानीमा उनि अब हाेम क्वारेन्टाईनमा रहने छन्” ।







प्रतिक्रिया लेख्नुहोस्:-