काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाज निराशा बन्दै गएकोप्रति चिन्ता ब्यक्त गरेका छन् । थापाले आज शताब्दी पुरुष गणेशबहादुर बस्नेत अभिनन्दन कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन् ।
“नयाँ पुस्तामा हाम्रो नेपाली समाजमा केही पनि भएको छैन, कसैले पनि राम्रो गरेको छैन । हिजो पनि भुत्ते थियौँ अहिले पनि भुत्तै छौँ, झन् भुत्ते बन्दै गएका छौँ । हिजो पनि खराब थियौँ अहिले पनि खराबै छौँ झन् खराब बन्दै गएका छौँ भन्ने खालको भाष्य पछिल्लो समय बनेको छ,” उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-