Tuesday, May 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

साझा समृद्धि र सम्पर्क विस्तारका लागि यातायात सञ्जाल विकासमा जोड

बैशाख ५, २०७५ ३:४९ मा प्रकाशित
साझा समृद्धि र सम्पर्क विस्तारका लागि यातायात सञ्जाल विकासमा जोड
Share on FacebookShare on Twitter

काठमाडौँ, ५ वैशाख / नेपाल र चीनले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकास हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल र चीनबीच आज बेइजिंगमा भएको परराष्ट्रमन्त्रिस्तरीय वार्तामा दुवै देशले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकासमा समान धारणा व्यक्त गरेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका चिनियाँ समकक्षी वाङ यी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तामा दुवै देशका मन्त्री आपसी सम्बन्ध अतिआत्मिय रहेकामा प्रशन्नता प्रकट गर्दै त्यसलाई नयाँ उचाइमा पु¥याउन सहमत हुनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालका बेला तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा भएका सम्झौतासहित विगतमा नेपाल र चीनबीच भएका सबै सम्झौता तथा समझदारीलाई तीव्र गतिमा कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका बेइजिंगस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यसैगरी चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रभावकारी कार्यान्वयन एवं सहजीकरणका लागि समन्वय तथा कार्यान्वयन संयन्त्र गठन गर्ने सहमति भएको छ ।

भौतिक पूर्वाधार निर्माण, यातायात सञ्जाल, व्यापार, पर्यटन तथा जनता–जनताबीचको सम्बन्ध विस्तारलाई मूर्तरुप दिन चीनले अघि सारेको एक क्षेत्र एक मार्ग प्रयास (बिआरआइ)बाट सम्भव हुनेमा दुवै देशका परराष्ट्रमन्त्रीले समान धारणा व्यक्त गर्नुभएको थियो । बिआरआइअन्तर्गतका सहायता परियोजना चयन गर्न पनि दुवै देश सहमत भएका छन् ।

केरुंग–काठमाडौँ, काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयारीबारे पनि दुवै देशबीच गहन छलफल भएको उक्त दूतावासले जनाएको छ । दुईपक्षीय संयन्त्रका बैठक नियमितरुपमा आयोजना गर्न तथा सम्झौता वार्तालाई निरन्तरता दिन पनि दुवै देशले सहमति जनाएका छन् ।

वार्तामा मन्त्री ज्ञवालीले भविष्यमा नेपाल र चीनबीच थप सीमा नाका खोल्नुपर्ने तथा रसुवागढी र तातोपानी नाकाको स्तरोन्नतिमा जोड दिनुभएको थियो । साथै उहाँहरुबीच तातोपानी नाका शीघ्र सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।

मन्त्री ज्ञवालीले नेपालको चीनतर्फको व्यापार बढोत्तरी तथा बढ्दो व्यापार असन्तुलन घटाउन गर्नुभएको आग्रहलाई सकारात्मकरुपमा ग्रहण गर्दै चीनका विदेशमन्त्री बाङले नेपाली उत्पादनलाई चिनियाँ बजारमा सहज पहुँच उपलब्ध गराउने आश्वासन दिनुका साथै चीनले अवलम्बन गरेका सुधार तथा खुला व्यापारका नीतिबाट फाइदा दिन आह्वान गर्नुभयो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result