काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव अघि ‘नो नट अगेन’ भने पनि निर्वाचनपछि किन सरकारमा गएको भनी प्रश्न गरेका छन् ।
महामन्त्री थापाले मंगलबार रास्वपाले आफूले चाहेको मन्त्रालय प्राप्त गर्दा चुनाव अघिको बोली बिर्सिएको बताए । सत्ता गठबन्धनबाट तनहुँ १ मा उम्मेदवार बनेको गोविन्द भट्टराईको चुनावी सभामा बोल्दै भने,‘आफूले भनेको मन्त्रालय पाए नो नट अगेन हुँदैन ? नो नट अगेन भन्ने साथीहरुले जुन सरकार बनोस् सरकार बाहिर रहन्छौ किन भनेनन् ?’
नयाँ दलले पुराना जति सबै फटाहा भनेर एउटै नजरबाट हेरेकोप्रति उनले आपत्ति जनाए । पुराना जति सबै सडे गलेको भन्ने भाष्य बनाउन लागिएको भन्दै थापाले असन्तुष्टि जनाए ।
प्रतिक्रिया लेख्नुहोस्:-