Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुर्लभ पाटेबाघ म-यो, अनुसन्धानका लागि नमूना संकलन

बैशाख ७, २०७५ २:०१ मा प्रकाशित
दुर्लभ पाटेबाघ म-यो, अनुसन्धानका लागि नमूना संकलन

d[t cj:yfdf b'n{e kf6]af3 lrtjgsf] /Tggu/l:yt k~rsGof jgdf d[t cj:yfdf km]nf k/]sf] b'n{e kf6]af3 . t:jL/ M gf/fo0f 9'+ufgf, /Tggu/-lrtjg_, /f;;

Share on FacebookShare on Twitter

रत्ननगर, चितवन, ७ वैशाख / चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।

बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको बाघ आज मृत फेला परेको चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिकाले फोहर फाल्ने डम्पिङसाइडदेखि १०० मिटर उत्तरतर्फ पञ्चकन्या वनमा उक्त भाले बाघ मरेको हो । शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मरेको भेटिएको भन्दै उहाँले अर्काे बाघसँग जुधेर घाइते भएको र त्यही संक्रमणले मरेको आशंका गरिएको बताउनुभयो ।

यसअघि हिजो उसले एउटा बँदेल समेत मारेर खाएको थियो । मरेको बाघको नमूना संकलन गरेर राष्ट्रिय प्रकृति संरक्षण कोषको प्रयोगशालामा पठाइएको पौडेलले जानकारी दिनुभयो ।

अरु नै कारण भए परीक्षणपछि मात्र यकिन हुने उहाँको भनाइ छ । पौडेलका अनुसार १५ दिनअघि समेत सोही वन क्षेत्रमा एउटा बाघ मरेको थियो । यसअघि चैत १० गते चितवन राष्ट्रिय निकुञ्ज नजिकै राप्ती नदी किनारमा बाघ मृत भेटिएको थियो । चैत र वैशाखमा मात्रै चितवनमा तीनवटा बाघ मरिसकेको छ ।

यसैबीच चितवन राष्ट्रिय निकुञ्जको जर्नेली पोष्टमा आज एकै ठाउँमा सात गैंँडा भेटियो । वन्यजन्तु सप्ताहको अवसरमा आज जनप्रतिनिधि तथा संरक्षणकर्मीको जिप सफारीका क्रममा सौराहाबाट निकुञ्जको मूख्य कार्यालय कसरासम्म पुग्दा विभिन्न स्थानमा गरेर १० गैँंडा फेला परे । गैंँडा घाँसे मैदानमा चर्दै थिए ।

“विरलै मात्र देखिने यस्तो अवसर आज जुरेको वरिष्ठ चराविज्ञ टीका गिरी बताउनुहुन्छ”। उहाँका अनुसार “बाघ, गैँंडालगायत वन्यजन्तु अवलोकनका लागि निकुञ्जको जिप सफारी उत्कृष्ट अवसर हो ।”

आज त्यही अवसर जनप्रतिनिधि, पार्टी प्रतिनिधि, पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा पत्रकारले पाएका थिए । निकुञ्जको लामिताल नजिकै दुर्लभ पाटेबाघ हेर्ने अवसर समेत आजै मिलेको थियो । सोही ठाउँ नजिकै प्वांख फिँजारेर नाचिरहेको मयूरको सुन्दर दृष्यले जनप्रतिनिधि दंग भए ।

‘बाघ लस्किंदै गर्दा देखियो, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले भन्नुभयो, “आजको जिप सफारी निकै उपलब्धिमूलक रह्यो ।” मयूरको नृत्यले अझै निकुञ्जयात्रा सुन्दर बनाएको वन बताउनुहुन्छ । यात्रामा प्रदेशसभा सदस्य कृष्ण भुर्तेल समेत सहभागी हुनुहुन्थ्यो ।

जंगलमा भालु, चित्तल, विभिन्न प्रजातिका चरा, बँदेल देखेर जिप सफारीका सहभागी खुसी भए । “सीमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटिय वन र सालका जंगल एकैसाथ अवलोकन गर्न सकिने अवसर जिप सफारीमा मिल्छ, त्यसैले सफारीयात्रा सबैका लागि महत्वपूर्ण हुन्छ,” पर्यटन व्यवसायी तथा संरक्षणकर्मी राममणि खनालले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकका लागि सुरक्षित र धेरै प्रजातिका वन्यजन्तु देखिने जिप सफारी हो । आजको वन्यजन्तु अवलोकनले पनि यसलाई प्रमाणित गरेको बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङ बताउनुहुन्छ ।

चरा विज्ञ वासु विंडारी सौराहा घुम्न आउने पर्यटक जिप सफारीमा खुसी हुने बताउनुहुन्छ । पर्यटकले सहजै गैँंडा हेर्न पाउने भएकाले पनि सफारी महत्वपूर्ण हुँदै आएको छ ।

मृगकुञ्ज उपभोक्ता समिति सौराहाको संयोजनमा यहाँका विभिन्न संघ संस्थाको सहभागितामा आज वन्यजन्तु सप्ताहको अवसरमा निकुञ्ज जिप सफारी आयोजना गरिएको हो ।

“मुख्यगरी जनप्रतिनिधिलाई संरक्षणबारे जानकारी दिन यसरी जिप सफारी गरिएको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढंगाना बताउनुहुन्छ,”। जिप सफारिपछि आज चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा संरक्षण अन्तक्र्रिया समेत भएको थियो ।

सो अवसरमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले समुदायसँग मिलेर संरक्षणकार्य अघि बढाएकाले निकुञ्जले ठूलो उपलब्धि प्राप्त गरेको भन्दै यो अभियानलाई अझै चुस्त पारेर लैजानुपर्ने बताउनुभयो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result