अमेरिका । टेक गुरुङ्गको नेतृत्वमा रहेको प्रवासी नेपाली एकता मञ्च, अमेरिकाले वर्तमान अवस्थामा स्वदेश फर्कन चाहाने नेपालीलाई फर्काउन माग गरेको छ ।
मञ्चका महासचिव शंकर पन्तले विज्ञप्ती जारी गर्दै नागरिकको सुरक्षा र व्यवस्थापनको अन्तिम दायित्व सरकारको हुने पनि उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ,’भारत साथै संसारको कुनै पनि स्थानबाट सच्चा नेपालीले अवस्था अनुसार आफ्नो देश जान चाहे त्यहाँका सुरक्षा सम्बन्धित सम्पूर्ण नियमहरु पूर्ण रुपमा पालन गर्ने गरी लैजान पर्ने कुरालाई जोड दिन चाहन्छौ ।’
मञ्चले अमेरिकाबाट पनि नेपाल फर्कन चाहानेलाई पनि आफुहरुको सहयोग रहने जनाएको छ । ‘अमेरिकाको हकमा पनि परिस्थिति अनुसार देश फर्किनु पर्ने भए अमेरिका स्थित नेपाली दुताबासले गर्ने हरेक सकारात्मक सहयोग र समन्वय प्रति प्रबासी नेपाली एकता मंच अमेरिकाको पूर्ण साथ र सहयोग रहने कुराको समेत अनुरोध गर्दछौ ।’ विज्ञप्तिमा भनिएको छ ।
मञ्चद्वारा जारी विज्ञप्तिको पूर्णपाठ
आदरणीय आमाबुवा दाजुभाइ तथा दिदिबहिनीहरु,
आज विश्व कोरोना भाईरसबाट आतंकित छ । चीन बाट शुरु भएको यो भाईरस युरोप हुँदै अहिले अमेरिकालाई केन्द्र बिन्दु बनाइरहेकोछ । दैनीक लाखौं मनिसहरु संक्रमित भएरहेका छन भने हजारौ को संख्यामा मृत्यु भैरहेको छ । यो भाईरसलाई नस्ट गर्ने अहिले सम्म कुनै औषधी बनिनसकेकोले पूर्व साबधानी र सतर्कता अनुरुपको व्यबहार र आत्मबल नै हाललाई यसको उत्तम बिकल्प हो ।
विश्वबाट प्राप्त भएरहेका तथ्याअंकहरुलाई हेर्दा जर्मनी बाहेक एसिअन देशहरुको साबधानी र सतर्कता अली राम्रो देखिन्छ भने क्षति पनि तुलनात्मक रुपमा कम देखिन्छ । यसै सन्दर्भमा हाम्रो देश नेपालमा यसको असर अहिले सम्म न्यून छ ।त्यसमा पनि बाहिर बाट आएका कट्टर पन्थी बिबेकहिन समुहबाट त्यसको असर बढी भएको देखिन्छ । जे सुकै होस संसारको कुनै पनि स्थानमा रहेका सच्चा नेपालीहरुलाई आवश्यक सहयोग र सुरक्षा गर्ने अन्तिम दयित्व नेपाल कै हुन्छ । अर्थात हरेक देशका नागरिकहरुको ब्यबस्थापन र सुरक्षा गर्ने अन्तिम दयित्व त्यही देशको सरकारको हुन्छ । जुन कुरालाई सर्वोच्च अदालतले समेत सम्बोधन गरिसकेको छ । त्यसकारण हामी हाल सम्म नेपाल सरकारबाट कोरोना भाईरस नियन्त्रण र आफ्ना नागरिकहरुको ब्यबस्थापन तथा सुरक्षाको लागि भैरहेका प्रयासहरु प्रति उच्च सम्मान गर्दै अब पनि बिशेष गरी भारत साथै संसारको कुनै पनि स्थानबाट सच्चा नेपालीले अवस्था अनुसार आफ्नो देश जान चाहे त्यहाका सुरक्षा सम्बन्धित सम्पूर्ण नियमहरु पूर्ण रुपमा पालन गर्ने गरी लैजान पर्ने कुरालाई जोड दिन चाहन्छौ ।
अमेरिकामा रहेका हामी र हाम्रो कर्म भुमि अमेरिकाको केन्द्रिय सरकार , राज्य सरकार देखि स्थानीय सरकारहरुले यहाँ हामी सबै प्रति देखाएको जिम्मेवारीपन र जवाफदेहिताको उच्च सम्मान गर्दछौं । जनता प्रति राज्यको जिम्मेवारीपन र जवाफदेहीता बाट सिक्न सबै देशहरुलाइ प्रेरणा मिलोस भन्ने कामना पनि गर्दछौं ।साथै सर्वत्र दुखको यस घडीमा सकेको सहयोग गर्न स्वयम सेवी भएर डटने सामाजिक व्यक्तित्वहरु प्रति उच्च सम्मान गर्दै , सचेतना र राहत अभियानमा सहभागी हुन पाउनुलाइ हाम्रो स्थापनाको औचित्य प्रमाणित भएको ठानेका छौं । साथै अमेरिकाको हकमा पनि परिस्थिति अनुसार देश फर्किनु पर्ने भए अमेरिका स्थित नेपाली दुताबासले गर्ने हरेक सकारात्मक सहयोग र समन्वय प्रति प्रबासी नेपाली एकता मंच अमेरिकाको पूर्ण साथ र सहयोग रहने कुराको समेत अनुरोध गर्दछौ ।
यस दु:खद घडीमा हामी यो महामारीबाट दिमंगत हुनुहुने सबै प्रति चीर शान्तीको प्रार्थना गर्दै संक्रमित सबैको शिग्र स्वास्थ लाभको हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।
शंकर पन्त
महासचिब,प्रबासी नेपाली एकता मंच अमेरिका
प्रतिक्रिया लेख्नुहोस्:-