काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेका राष्ट्रपतिले नागरिकता विधेयक रोकेर नराख्ने विश्वास ब्यक्त गरेका छन् ।
उनले विहीबार बारा–२ मा सत्ता गठबन्धनको आमसभामा गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन आग्रह गर्दै यस्तो बताएका हुन् ।
‘यो पटक हामीले सदनबाट पारित गरेपछि रोक्ने राष्ट्रपति होइन, फुकाउने राष्ट्रपति आउनुभएको छ । यसपटक फुक्नेछ र छिट्टै नागरिकता समस्या समाधान हुनेछ,’ प्रधानमन्त्री दाहालले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-