Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

श्रम निर्यात र खाद्यान्न आयातको दुष्चक्रले संकट निम्तिएको निश्कर्षः सचेत बन्न सरकारलाइ सुझाव

बैशाख ८, २०८१ २:४७ मा प्रकाशित
श्रम निर्यात र खाद्यान्न आयातको दुष्चक्रले संकट निम्तिएको निश्कर्षः सचेत बन्न सरकारलाइ सुझाव
Share on FacebookShare on Twitter

कृषि उत्पादन वढाउने तथा युवा जनशक्तिलाइ स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने दीर्घकालीन योजना तयार गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । हाम्रो आदत:श्रम निर्यात, खाद्यान्न आयात बिषयमा जय नेपाल फाउण्डेसनले काठमाडौमा आयोजना गरेको छलफलमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा युवा जनशक्ति विदेश पठाउने र खाद्यान्य समेत आयात गर्ने नियतिमा सुधार नहुने हो भने समुन्नत नेपाल निर्माणको अभियानले सार्थकता प्राप्त गर्नै नसक्ने निश्कर्ष समेत निकालिएको छ । कार्यक्रममा व्यावस्थापन बिषयका विज्ञ डा.वासुदेव गिरीले उत्पादनशील युवा जनशक्ति विदेश पठाउने र प्राप्त रेमिट्यान्स फजुल खर्चमा उपयोग गर्ने संस्कृतिले नेपाली समाज जकडिएको उल्लेख गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास नभएसम्म गरिवी घटाउने तथा उत्पादन वढाउने योजनाले सफलता प्राप्त गर्न नसक्ने वताउनुभयो ।
कृषि पेशालाइ आकर्षक र सम्मानित बनाउनुपर्नेमा जोड दिदै गिरीले किसानले मल र विउविजन समेत समयमा प्राप्त गर्न नसक्ने अवश्थाले आत्मनिर्भर अर्थतन्त्रको यात्रा कसरी सम्भव होला भन्ने प्रश्न उठ्ने गरेको उल्लेख गर्नुभयो । आत्मनिर्भर अर्थतन्त्रका लागि शिक्षा प्रणाली देखि आदत सुधारसम्मको आवश्यकता रहेको डाक्टर गिरीको भनाइ छ । त्यस्तै प्रजातान्त्रिक बिचार समाजका वरिष्ठ उपाध्यक्ष तथा पत्रकार गोकर्ण अर्यालले खाद्यान्न समेत किनेर खानुपर्ने देशले विकासमा फड्को मार्न सम्भव नरहेको उल्लेख गर्दै कृषि र शिक्षा दुवै क्षेत्रमा व्यापक सुधार आवश्यक देखिएको उल्लेख गर्नुभयो । कृषि विज्ञ पुरुषोत्तम अर्यालले कृषिक्षेत्रको विकाशविना नेपाल समृद्ध बन्न नसक्ने हुदा वाझो जमिनलाइ प्रयोगमा ल्याउने दिर्घकालिन योजना वनाउनुपर्ने वताउनु भयो । कृषिमा आत्मनिर्भर बन्न कोरिया होइन खोरियातिर लागौ भन्ने अभियान संचालन गर्नुपर्ने अर्यालको सुझाव थियो ।
यसैगरी नेपाल किसान महासंघमा अध्यक्ष गणेश तिमल्सेनाले नमुना कृषि परियोजना अघि वढाउन आवश्यक रहेकोमा जोडदिदै प्रविधिको प्रयोग मार्फत कृषिको व्यवसायीकरण तिव्र गरिनुपर्ने उल्लेख गर्नुभयो । यसका लागि राष्टिय सहमति नै बन्नुपर्ने भन्दै तिमल्सेनाले सबै मन्त्रालयहरुसग समन्वय गर्न राष्टिय कृषि सचिवालय नै खडा गर्न आवश्यक देखिएको वताउनुभयो । ट्रेड युनियनकर्मी यमुना वमले कृषिमा आत्मनिर्भर बन्न किसानमुखी नीतिको व्यवहारमै कार्यान्वयन हुनुपर्ने उल्लेख गनुभयो । युवा अभियन्ता एवं अधिवक्ता शंकर पौडेलले दुइ करोड एकानब्बे लाख जनसख्या मध्धे सतसाठ्ठी लाख युवा जनशक्ति विदेशमा रहेको तथ्यांक उल्लेख गर्दै गुन्द्रुक,स्यानिटरी प्याड देखि प्याजसम्म आयात गरेर खानुपर्ने नियति अन्त्य गर्ने योजना नबनेसम्म समृद्धिका गफ र भाषणले मुलुक नबन्ने वताउनुभयो । युवा नेता भावुक न्यौपानेले कृषिलाइ उद्योगसग जोड्नुपर्ने खाचो औल्याउदै बिचौलियाको विगविगि समाप्त गरि किसानले उत्पादनको उचित मुल्य प्राप्त गर्ने वातावरण तयार हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व सदस्य सुदन कुमार ओली, किसान महासंघका केन्द्रीय सदस्य लगायतले आआफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । जय नेपाल फाउण्डेसनका अध्यक्ष वद्री अर्यालले प्रत्येक साता विज्ञहरुसंग अन्तरक्रिया गरेर प्राप्त सुझावका अधारमा नीतिगत हस्तक्षेपकै माध्यमवाट सुशासन र समृद्धिको यात्रामा सरकारलाइ झकझक्याउने लक्ष्य अनुरुप छलफल आयोजना गरिएको वताउनुभयो । त्यस्तै फाउण्डेसनकी सस्थापक सदस्य एवं कांग्रेस नेतृ विजुला वर्माले राजनीति ठिक नहुदासम्म जतिसुकै तर्क गरेपनि समुन्नतिको मार्ग तय हुन नसक्ने भएकाले यस्तो अभियानमा युवाहरुलाइ सहभागि गराउने लक्ष्य अनुरुप कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो । कार्यक्रममा फाउण्डेसनका संस्थापक सदस्य सचिब विजयराज अधिकारी, विरेन्द्र कुमार सल्यानी र ज्ञानु तिमल्सेना लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result