काठमाडौं । सर्वोच्च अदालतले ३ दिनभित्र सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ ।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफुलाई असहयोग गरेको भन्दै सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए । मेयरको उक्त निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले काठमाडौं महानगरपालिकासहितलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार यस्तो आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडैलले जानकारी दिए।







प्रतिक्रिया लेख्नुहोस्:-