काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज तीनवटा क्षेत्रमा भएको उपनिर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएको बताएका छन् ।
सभापति देउवाले आइतबार साँझ एक वक्तव्यमार्फत निर्वाचन पक्रियामा सहभागी सबैलाई धन्यवाद दिएका छन् ।
“प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा अत्यन्त उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ,,” उनले भनेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-