Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘काँग्रेसभित्र वैचारिक र सैद्धान्तिक बहस जरुरी’

बैशाख ११, २०७५ ४:१९ मा प्रकाशित
काँग्रेस बैठक बस्दै
Share on FacebookShare on Twitter

काठमाडौँ, १० / नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टीभित्र वैचारिक र सैद्धान्तिक विषयमा बहस र छलफल जरुरी रहेको बताउनुभएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको सिद्धान्त तथा नीति अनि पार्टीको संगठन विषयमा काँग्रेस अस्पष्ट र अल्मलिएको अवस्थामा रहेको उल्लेख गर्दै २०४८ सालपछि पार्टीभित्र वैचारिक र सैद्धान्तिक विषयमा कहीँकतै बहस र छलफल नभएको धारणा राख्नुभयो ।

निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी आज नवौं दिनको बैठकमा केन्द्रीय सदस्यहरू प्रदीप गिरि, बालकृष्ण खाँण, दीपक गिरी, किशोरसिंह राठौर, गगनकुमार थापा र सीता गुरुङले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगनकुमार थापा, प्रदीप पौडेल, रामकृष्ण यादव र जीवन परियारले संयुक्तरुपमा ५० पृष्ठ लामो लिखित निर्वाचन समीक्षा र आगामी कार्यदिशाको सन्दर्भमा प्रस्ताव पेश गर्नुभएको थियो ।

प्रस्तावमा आगामी दिनको सुधारका लागि पार्टीलाई तत्काल संघीय संरचनामा लगेर वडा, पालिका, प्रदेश र संघ सबै तहमा सबल सरकार वा छायाँ सरकारको भूमिका खेल्न सक्ने नेतृत्व स्थापित गर्नु आवश्यक रहेको उल्लेख छ ।

“त्यसका लागि एकमात्र बाटो भनेको महासमितिबाट नयाँ संगठनिक संरचना र नयाँ नीति स्थापित गरेर शीघ्र महाधिवेशनमा जाने नै हो । बैठकले यस दिशामा ठोस निर्णय गरोस् भन्ने आग्रह गर्न चाहन्छौँ । अहिलेको विधानअनुसार जाँदा छिटोमा महाधिवेशन सम्पन्न गर्न अर्को दुई वर्ष लाग्छ” प्रस्तावमा उल्लेख छ ।

बैठकमा केन्द्रीय सदस्य थापाले चुनावमा जय वा पराजयको कुनै एउटा मात्र निश्चित कारणले नहुने भन्दै समीक्षा बैठक कसैका प्रति आरोप प्रत्यारोप र कसैको अशोभनीय बचावटमा मात्र सीमित भए फेरि पनि बान्छित गन्तव्य पत्ता लगाउन नसकिने विचार व्यक्त गर्नुभयो ।

काँग्रेस नेतृत्त्वको सरकारले तीन तहको चुनाव सम्पन्न गरेसँगै संविधान कार्यान्वयनको शुरुआत भएको र काँग्रेसको राजनीतिक विचार र सिद्धान्त विजय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसरी राजनीतिक विचार र सिद्दान्तले विजय प्राप्त गर्दैगर्दा हामीले राजनीतिक युद्ध त जित्यौं तर त्यही अवधिमा थुप्रै स–साना राजनीतिक, सामाजिक, आर्थिक लडाईं भने हार्दै आयौं ।”

बैठकमा केन्द्रीय सदस्य गिरिले निर्वाचनमा भएको पराजयको सबैले आफ्नो पदअनुसारको जिम्मेवारी लिनुपर्ने बताउँदै बैठकमा प्राप्त सुझावलाई औषधिका रुपमा लिई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

विगतका कमी कमजोरी सुधार गरी आगामी दिनमा एकताबद्ध रुपमा पार्टी अघि बढनुपर्ने बताउँदै उहाँले विधानभन्दा माथि कोही पनि नहुने भएकाले पार्टीका क्रियाकलाप विधानसम्मत चल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

केन्द्रीय सदस्य गुरुङले दुई ठूला वाम दलबीचको गठबन्धन, पार्टीभित्रको अन्तरघात, निर्वाचनको तयारीको अभाव, संविधानअनुसार पार्टीको संरचना र सुदृढीकरण गर्न नसक्नुलगायत कारणले निर्वाचनमा पार्टी पराजय भएको बताउनुभयो ।

निर्वाचनमा पराजय भएपनि काँग्रेसले संविधानको कार्यान्वयन गरी इतिहासमा मूल्याङ्कन हुने काम गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पार्टी सुदृढीकरणका लागि कार्ययोजना बनाई अघि बढनुपर्ने बताउनुभयो ।

अर्को बैठक भोलि बिहान ९ः०० बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य–सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result